भेटघाटको संगम स्थल बन्दै लेखनाथ महोत्सव

लेखनाथ , ८ पुस । भनाई नै छ पुसको जाडो,त्यसमा पनि विहानीको चिसोसगै मध्यान तिर खुलेको मौशममा पारीलो घाम ताप्दै सुन्तला र वदमको स्वादमा महोत्सव पनि हेर्न पाईने आफना सहपाठी साथीभाइसगँ भेटघाटको संगम स्थल बनेको छ जारी लेखनाथ महोत्सव ।

कास्कीको तालचोकमा जारी महोत्सव हेर्न आएका पोखरा ३१ बेगनासका टिकाराम पाण्डेले आफना सहपाठी पोखरा २९ का प्रमोद पौडेललाई भेटेर दुःख सुख र बाल्यकालका कुराकानी गर्न पाउदाँ खुसी लागेको बताएका छन् ।

त्यसैगरि महोत्सवले १०÷१२ बर्ष सम्म भेटघाट नभएका पोखरा ३३ भरतपोखरीका आनन्द आचार्यले पोखरा ५ पर्साङका वावुराम बरालसँग भेट हुदाँ महोत्सवकै कारण आफना सहपाठी,ईष्ठमित्र र साथी दामलीहरुलाई भेट्न पाईने भए पछि महोत्सव स्थल भेटघाटको थलो भएको बताएका छन् ।

दिनमा दोहोरी र साझामा पप कन्र्सट लगाएतका कार्यक्रमहरु राखिएकाले महोत्सवमा दर्शकाको चाँप दिनभरी नै उस्तै देखिन्थो ।त्यही भिडको विचमा पोखरा २७ की सम्झना लामीछानेले पाँच बर्ष पछि पोखराको नालाको मुख निवासी रिता गुरुङलाई भेटेर विगतका दुःख सुखका कुरा सम्भीएर भला कुसली गर्न पाउदा खुसी लागेको बताएकी छन् ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ पुस ३ गते देखि सुरु भएको महोत्सवमा मनोरञ्जन देखि आफुलाई आवस्यक पर्ने घरयासी सामान तथा नयाँ नयाँ ज्ञान, सिप र प्रविधीको सिको गर्न पाईने भएकाले यो महोत्सव सवैका लागि महोत्सवको पनि महोत्सका रुपमा प्रमाणीत भएको हो ।

सुन्तला महोत्सवबाट परिस्कृत हुदै १६ औं सस्करणसम्म आई पुग्दा लेखनाथ महोत्सवले सवैका लागि महोत्सव र सधैका लागि महोत्सवको उप नाम पाएको उपस्थित दर्शकहरुको प्रतिक्रिया रहेको छ ।

महोत्सवको छैटौं दिनसम्म आईपुग्दा दिन प्रतिदिन दर्शकको चाँपसगै आर्थीक कारोबारमा पनि बृद्धि हुदै गएकाले आयोजकहरुमा पनि थप हौसला थपेको पाईन्छ ।

जारी महोत्सवको मध्यभाग सम्म आईपुग्दा दर्शकको चाँप सगसगै कारोवारमा पनि दिन प्रतिदिन बृद्धि हुदै आएको छ । महोत्सवको छैटौ दिन मंगलवार मात्र स्टलहरुको अनुगमबाट एक करोड ५० लाख बरावरको आर्थीक कारोवार भएको र अहिलेसम्म करिव सात करोड बरावरको आर्थीक कारोवार हुन सफल भएको कोषाध्यक्ष जानुका अधिकारीको दावी रहेको छ ।

पुसको १५ गते सम्म चल्ने महोत्सवमा एक पटक त जसरी पनि पुग्नु पर्छ भन्दै पोखरा,तनहँ, स्याङजा लगाएत यस वरपरका गाउबाट पनि दर्शकहरु मेला भर्नका लागि आउने गरेको पाईएको छ ।यसैविच महोत्सवको छैटौं दिन मंगलवार मात्र करिव २० हजार दर्शक मेला स्थलमा प्रबेश गरेको र अहिलेसम्म दर्शकको सख्या एक लाख ४० हजार पुगेको संघका महासचिव गोपिचन्द्र बास्तोलाले दावी गरेका छन् ।

बिहान १० बजे देखि साझा आठ बजेसम्म चल्ने महोत्सवमा उपस्थित दर्शकलाई थप मनोरञ्जन दिनका लागि सूरुमा विद्यालय स्तरी लोक नृत्य, महिला शक्तिको सम्मानमा राखिएको रत्यौली साथका ख्याती प्राप्त दोहोरी कलाकारको लोक दोहोरी, ह्स्य प्रहसन र साझमा युवा युवतीहरुलाई लक्ष्यीत गर्दै राखिने पप कन्र्सट तथा मोडल डान्सले महोत्सवलाई थप रोचक बनाएको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको भनाई रहेको छ ।

Facebook Comments