भिल्लाका देशमा मणिको नियति भोग्न बाध्यः म्याग्दीको पर्यटन

म्याग्दी फागुन ०५ रासस

प्रशस्तै पर्यटकीय सम्भावना भएर पनि ठोस योजना र आवश्यक लगानीको अभावमा म्याग्दीको पर्यटन क्षेत्र फस्टाउन सकेको छैन ।

स्थलमार्गका लागि मुस्ताङको प्रवेशद्वार, अन्नपूर्ण संरक्षण क्षेत्रको आकर्षकस्थल, प्राकृतिक सौन्दर्य र हिमाली दृश्य नियाँल्ने आँखिभm्याल मानिएको म्याग्दीमा पर्यटकलाई आकर्षित गर्ने दर्जनौँ स्थलहरु भए पनि सरोकारवालाको वेवास्ता र लगानीकर्ताहरुको अभावका कारण पर्यटकीय सम्भावनाले युक्त दर्जनौँ ठाउँ अझै पनि ‘भिल्लाका देशमा मणि’ को नियति भोग्न बाध्य भएका छन् ।

राउन्ड अन्नपूर्णको आकर्षक गन्तव्य मानिएको घोडेपानी, पुनहिल, भुरुङ तातोपानी, प्राकृतिक चिकित्सालयका रुपमा चर्चित सिङ्गा तातोपानी कुण्ड, संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, धौलागिरि र अन्नपूर्ण आधार शिविर तथा ढोरपाटन सिकार आरक्षलगायत केही स्थानमा केही वर्षयता सामान्य रुपमा भौतिक पूर्वाधार निर्माण भए पनि जिल्लाका अन्य पर्यटकीयस्थलहरु दशकौँ अघिकै अवस्थामा रहेका स्थानीयवासीले बताएका छन् ।

म्याग्दीमा संसारकै सातौँ अग्लो हिमाल धौलागिरि पहिलो ९आठ हजार १६७ मिटर०, अन्नपूर्ण पहिलो ९८,०८१० मिटर, गुर्जा, मानापाथीलगायत विभिन्न ११ वटा हिमाल रहेका छन् । यी हिमालको आधार शिविरसम्म पुग्नका लागि न व्यवस्थित पदमार्ग छ न त होटल, रेष्टुरेन्ट तथा होमस्टेको नै उचित प्रबन्ध रहेको छ ।

म्याग्दीका ६ वटै स्थानीय तहका अधिकांश बस्तीबाट हिमशृङ्खला र हिमसौन्दर्यको दर्शन गर्न सकिने भए पनि स्थानीय सरकारले हिमाल दर्शनका लागि आवश्यक योजना र लगानीतर्फ कुनै कुनै चासो नदेखाएको पर्यटन व्यवसायीले बताएका छन् । पछिल्लो पटक पहिचान गरिएका धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, खोप्रा, खयर, बयली, गुर्जा, पश्चिम धौलागिरि, टोड्के, लभ्लीहिल, मोहरेडाँडा, करबाकेलीलगायत पर्यटकीयस्थलमा भौतिक पूर्वाधार र प्रचारप्रसारको आवश्यकता रहेको धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताउनुभयो ।

संसारको साताँै अग्लो आठ हजार १६७ मिटर उचाइ भएको धौलागिरि पहिलोदेखि, अन्नपूर्ण पहिलो ९८,०८१०, गुर्जा ९७,१९३०, मानापाथीलगायत हिमाल म्याग्दीको सौन्दर्य बढाउने ‘चार चाँद’ हुन् । प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रुपमा वर्णन गरिने अन्नपूर्ण र धौलागिरि चक्रिय पदमार्गमा समेटिए पनि म्याग्दीले पर्यटनबाट अपेक्षाकृत लाभ लिन सकेको देखिँदैन ।

“प्रकृतिले म्याग्दीलाई दिएको उपहारलाई पर्यटकीयस्थलका रुपमा विकास गरेर समुदाय र देशको आर्थिक विकासमा रुपान्तरण गर्नुपर्छ,” धौलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँले भन्नुभयो, “पर्यटकीयस्थलको पहिचान, पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवद्र्धनको आवश्यकता छ ।” सडक विस्तारसँगै पुराना पदमार्ग विस्थापित भएपछि पर्यटक आगमन निराशाजनक रुपमा घटिरहेको छ । पुराना पदमार्गको संरक्षण तथा नयाँको पहिचानमा पनि स्थानीय सरकारले ध्यान दिन नसकेको पर्यटन व्यवसायी बाबुराम आचार्यले बताउनुभयो ।

धनियाँ खेतीबाट तीन लाख कमाई

दाल, तरकारी र मासुका परिकारलाई स्वादिष्ट तथा सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा ९साग० बेचेर म्याग्दीका एक व्यक्तिले एकै सिजनमा रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

म्याग्दीको बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट एकै सिजनमा रु डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको हो । कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गर्नुभएको छ । धनियाँका साथमा ब्रोकाउली, बन्दा, टमाटर, काउली, गाजर, केराउलगायत तरकारी खेती गर्नुभएका कार्कीले धनियाँ बेचेर मात्र वार्षिक तीन लाखभन्दा बढी आम्दानी भएको बताउनुभयो । कृषक कार्कीले एक वर्षमा हिउँद र वर्षा गरी दुई सिजनमा तरकारीका साथै धनियाँ खेती गर्नुहुन्छ ।

“रु सात सयको बीउ र चार हजार बराबरको श्रम खर्चेर धनियाँ खेती गर्नुभएको कृषक कार्कीले एकै वर्षमा धनियाँ बिक्रीबाट रु तीन लाखभन्दा बढी आम्दानी भएपछि खेती विस्तार गर्ने योजनामा रहेको बताउनुभयो । “बीउ र शारीरिक श्रम गरी कूल चार हजार ७०० को लगानी गरेको हुँ”, कार्कीले भन्नुभयो, “एक वर्षको अवधिमा रु तीन लाखभन्दा बढीको बिक्री भयो, अझै खेतका गह्राभरि धनियाँ छ ।”

म्याग्दीको पर्यटकीयस्थल लभ्ली हिल नजीकै कार्कीले पसल र तरकारी खेती गर्नुभएको छ । लभ्ली हिलमा आन्तरिक पर्यटकहरुको वृद्धिसँगै कार्कीको कृषि उपजको पनि त्यतिकै बिक्री बढ्ने गरेको छ ।

लभ्ली हिलमा आएका युवायुवती, गृहिणी र लोग्नेमान्छेले समेत बारीबाट नै ताजा तरकारी आफैँ टिपेर लैजाने गरेका कार्कीले बताउनुभयो । “अहिले अरू तरकारी सकिएको छ तर धनियाँ भने प्रशस्तै छ”, कार्कीले भन्नुभयो ।

कार्कीले धनियाँको एउटा मुठोलाई रु २० देखि ३० सम्ममा बिक्री गर्दै आउनुभएको छ । कार्कीको खेतबाट नै दैनिक ५० देखि ८० मुठा धनियाँ बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

Facebook Comments