भिजिट नेपाल २०२० लक्षित, ४२.२ किलोमिटर पोखरा अन्तराष्ट्रिय क्रस कन्ट्री दौडको तयारी पूरा

photo:santosh basyal

अअ समाचारदाता, पोखरा, असोज २७-भिजिट नेपाल २०२० को अवसरमा देशभर विभिन्न गतिविधिहरु भइरहेका छन् । गण्डकी प्रदेश सरकारले पनि निकै चासो दिएको छ । यहाँका संघसंस्थाले गरिरहेका हरेक कार्यक्रममा पर्यटनलाई जोडिरहेका छन् ।

पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि गरिने कार्यक्रमहरु सह्रानिय छन् । यसैक्रममा पोखरामा असोज २९ गते बुधबार हुने पोखरा अन्र्तराष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको तयारी पूरा भएको आयोजकले बताएका छन् । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउनु कार्यक्रमको उद्देश्य रहेको छ ।

पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र चीनको कुन्मिङ माउण्टेनियरिङ एण्ड एक्सप्लोरेसन एशोसियसन (केएमइए)को संयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपालका २५ र चीनका २ टिम गरी २७ टिमको सहभागिता हुने कार्यक्रम संयोजक विश्वशंकर पालिखेले बताउनु भयो ।

पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा पालिखेले मित्रराष्ट्र चीनका करिब ३० जना धावकहरुको समेत व्यक्तिगत प्रतिस्पर्धा रहने जानकारी दिनुभयो । उहाँका अनुसार दौडमा करिब १ सय ५ जना खेलाडीले सहभागिता जनाउने भएका छन् ।

प्रत्येक टिममा ३ जना हुने र त्यसमा दुई जना पुरुष १ महिला वा २ महिला १ पुरुष अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ । चिनिया पर्यटक भित्र्याउनका लागि यो मेघा इभेन्ट आयोजना गरिएको पालिखेले बताउनु भयो ।

पालिखेले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बताउनु भएको छ । ‘दौडको सबै तयारी पुरा गरेको छौ’, उहाँले भन्नुभयोे,ः ‘दौड आयोजना हुने स्थलहरुमा स्वागत गेटहरु तयार गरिएको छ ।’ दौड हुने क्षेत्रका वडाहरुमा स्थानीयले खेलाडीलाई सवगत गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत कुल दौडको दुरी ४२.२ किलोमिटर हुने आयोजकले जनाएको छ । जस अन्तर्गत दौड २२ किलोमिटर, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ हुने टेक्निकल संयोजक यामबहादुर गुरुङले जानकारी दिनुभयो । पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडको बाराहीघाटबाट शुरु हुने दौड गौरीघाट, सहीदचोक, राष्ट्रवैंक चोक, ड्यामसाइड, पार्दी पुल, डेभिड्स फल्स पुल, तिवेतियन क्याम्प हुँदै फुस्रे खोलामा पुगेर साइकल परिवर्तन हुनेछ । त्यहाँबाट पुनः शुरु हुने दौड कमेरे, राम्दीहुँदै मट्टीखानमा पुगेर केहिबेर आराम र ब्रेक फास्ट गर्ने तालिका बनाइएको छ । ब्रेकफास्ट लिएपछि पुनः शुरु हुने साइकल दौड रामकोट हुँदै कुभिण्डे भञ्ज्याङमा पुगेर साइकल ड्रप हुनेछ । त्यसपछि पुनः शुरु हुने दौड उल्लेरी, खरिखानी, भयँरथान, पैयुँ चौतारी, भुम्दी, ओख्लेडाँडा, तुम्बे चौतारी, च्याल्खुडाँडा, मोतिराजचोक, स्वाँरा, लुकुनस्वाँरा, गौरी प्राविहुँदै शान्ति स्तुपा र त्यसपछि लिचिबोटमा पुगेर डुंगा दौड शुरु हुनेछ । फेवातालको स्विमिङ पुल घाटमा आएर दौड सकिने गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्नका लागि चीनको कुन्मिङ माउण्टेनियरिङ एण्ड एक्सप्लोरेसन एशोसियसन (केएमइए)ले खेलाडीको आउने जाने लगायतको खर्च गर्ने बताइएको छ । पोखरामा खेलाडीलाई बस्ने, खाने (लजिङ, फुडिङ) को ब्यबस्था पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्डको सहयोगमा गर्ने संयोजक पालिखेले बताउनु भयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई ट्रफी र मेडल प्रदान गरिने तथा चीनको जेहाऊमा हुने जेहाउ माउन्टेनियरिङ रेस प्रतियोगितामा भाग लिन पाउने जनाईएको छ । जेहाउमा आउँदो ३१ डिसेम्बरमा प्रतियोगिता हुनेछ ।

प्रतियोगिताबाट ३५ लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ भने खर्च ३४ लाख ६० हजार लाग्ने अनुमान गरिएको छ । चिनियाँ राष्ट्रपति महामहिम सी चिनफिङले नेपालको पर्यटन प्रवद्र्धनमा सघाउने प्रतिबद्धता व्यक्त भएको सन्दर्भमा हुन लागेको दौड प्रतियोगिताको ठूलो महत्व रहने विश्वास गरिएको छ ।

Facebook Comments