भारत र पाकिस्तानको मौसमी प्रणालीको असर नेपालमा मौसम बदली

काठमाडौँ कार्तिक ३० । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा नेपालमा सामान्य मौसम बदली भएको छ ।

पाकिस्तान तथा आसपासका क्षेत्रमा पश्चिमि न्यून चापीय प्रणाली रहेको छ । साथै भारतको राजस्थानमा न्यून चापिय प्रणालि विकशित भएको छ यिनै मौसमी प्रणालिहरूको सामान्य असर नेपालमा परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका मध्य र पश्चिमी भू(भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू(भागमा आंशिक बदली रहेको छ ।

तीन दिनको मौसम पूर्वानुमान

शनिबार आज दिउँसो देशका मध्य र पश्चिमी भू(भागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी भू( भागमा आंशिक बदली भएको छ । मध्य र पश्चिमि पहाडी भू(भागका एक वा दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ । पश्चिमी र मध्य उच्च हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंसिर १ गते ९आइतबार० देशका पूर्वि पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली, मध्य पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू – भागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी र मध्य पहाडी भु(भागका एक वा दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

मंसिर १ गते ९सोमबार० देशका पूर्वी तथा मध्य भू(भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू – भागमा आंशिक बदली रहने छ । पूर्वी पहाडी भू(भागका थोरै र मध्य पहाडी क्षेत्रका १(२ स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । खबरहब

Facebook Comments