“भारतीय अतिक्रमण र नेपाल सरकारकाे अकर्मण्यता”,राष्ट्रियता काे प्रश्नमा काँग्रेसकाे सम्पूर्ण साथ-देउवा

अनलाइनअन्नपूर्ण/पाेखरा, वैशाख २९

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले भारतले नेपालकाे लिपुलेक भएर चीनकाे मानसराेवर जाने सडककाे उद्घाटन गरेकाे दुई दिनकाे अवधिमा सरकारले उच्चस्तरीय कुटनैतिक पहल नगरेकाे बताउनु भएकाे छ ।

गम्भीर विषयमा सरकारले केवल वक्तव्य मात्र जारि गरेकाे छ । देउवाले भन्नु भएकाे छ, :”म सरकारलाई कुटनैतिक र राजनैतिक रुपमा उच्चस्तरीय पहलकदमि गर्न नेपाली काँग्रेस तथा प्रमुख प्रतिपक्षी दलकाे नेताकाे हैसियतले सार्वजिनक रुपमा अपिल गर्दछु ।”

नक्शा प्रकरणमा पनि सरकारकाे भूमिका केवल वक्तव्यमा सिमित रह्याे, अहिले त्यहि प्रवृति दाेहाेरिनु दु:खद छ, देउवाद्वारा आईतवार जारी सार्वजनिक ३ वुँदे “भारतीय अतिक्रमण र नेपाल सरकारकाे अकर्मण्यता” विषयक अपिलमा राष्ट्रवादकाे प्रश्न केवल वक्तव्यकाे विषय हाेईन भनिएकाे छ ।

याे विषय परिणाममुखि हुनुपर्छ भन्ने कुरामा काँग्रेस बिगत देखिनै प्रष्ट छ । नेपालकाे भू-भागमा नेपालकाे अधिकार र स्वामित्व रहने, निर्विवाद ढंगले रहुन पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधानकाे प्रक्रिया थालनि गराेस्, देउवाकाे अपिलमा उल्लेख छ । देउवाले राष्ट्रियता काे प्रश्नमा नेपाली काँग्रेसकाे सम्पूर्ण साथ रहने उल्लेख गर्नु भएकाे छ ।

लिपुलेक, लिम्पयाधुरा र कालापानी लगायतका भूभाग नेपाली हुन । सरकारमा रहँदा वा प्रतपक्षमा रहँदा यी भूभागकाे बारे नेपाली काँग्रेसकाे स्पष्ट धारणा राख्दै आवश्यक भूमिका निर्वाह गर्दै आएकाे देउवाकाे अपिलमा लेखिएकाे छ ।

Facebook Comments