भारतले एकतर्फि सडक संचालन गर्नु नेपाल र नेपाली जनताप्रतिको गम्भिर अपमान र हेपाहा प्रवृत्ति :संजाल

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख २९

शान्तिका लागि नागरीक समाजको सञ्जाल पोखराले भारतले एकतर्फि रुपमा सडक निर्माण गरेको भन्दै आपत्ति प्रकट गरेको छ । नेपालको सहमतिबिना सडक निर्माण गर्नु र एकाङ्की ढंगबाट संचालनमा ल्याउनु नेपाल र नेपाली जनताप्रतिको गम्भिर अपमान र हेपाहा प्रवृत्ति भएको संजालद्धारा सोमवार जारि प्रेस विज्ञप्तिमा उल्लेख छ ।

संजालले अन्तराष्ट्रिय कानूनको स्थापित सिद्धान्त अनुसार सिमा क्षेत्रमा एकतर्फि रुपमा सडक निर्माण गर्न नमिल्ने भन्दै संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र नेपालको सार्वभौमिकता माथि नै नाङगो हस्तक्षेप गरेको जनाईएको छ ।

विज्ञप्तिमा लेखिएको छ, :“यस्ता असमान र अन्तराष्ट्रिय कानून विपरितका कृयाकलाप यथाशिघ्र बन्द गरियोस् । सिमा क्षेत्रमा एकतर्फि निर्माण गरिने यस्ता कार्य तुरुन्त बन्द गरियोस् । नेपाली भूमि अतिक्रमण गरि निर्माण गरिएको सडक रहेको क्षेत्र नेपाललाई फिर्ता गरियोस् ।”

संजालले सिमा सम्वन्धी अन्य विवाद समेत कुटनैतिक तवरवाट टुङ्गो लगाउने तर्फ नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । यो समयमा पक्ष विपक्ष नभनि सवै राजनैतिक पार्टि एकतावद्ध भै समस्याको समाधान गर्नका लागि अग्रसरता देखाउन संजालले माग गरेको छ ।

Facebook Comments