भारतमा कारोनाभाइरसबाट ३१ हजार वढि संक्रमित, महाराष्ट्र सबैभन्दा वढि प्रभावित,

१ हजार ८ जनाको मृत्यु

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख १७

भारतमा कोरोनाभाइरस संक्रमतिको संख्या ३१ हजार ३३२ पुगेको छ । अहिलेसम्म १ हजार ८ जनाको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयलका अनुसार संक्रमित मध्य ७ हजार ७४७ जना निको भईसकेका छन् भने २२ हजार ५७७ वटा संक्रमणका संक्रिय केस रहेका छन् । भारतमा संक्रमति भएकाहरुमा १११ जना विदेशी रहेका छन् ।
बितेको २४ घन्टामा भारतमा ७० जनाले ज्यान गुमाएका छन् । महाराष्ट्रमा ३१, गुजरातमा १९, मध्य प्रदेशमा ७, राजस्थानमा ५, उत्तर प्रदेशमा ३, पश्चिम बंगालमा २ को मृत्यु भएको छ भने जम्मु काश्मिर, पंजाव, तथा तमिलनाडुमा १÷१ जनाको मृत्यु भएको छ ।
भारतमा सबैभन्दा वढि मानिसको मृत्यु महाराष्ट्रमा भएको छ । त्यहाँ ४०० को मृत्यु भएको छ । गुजरातमा १८१, मध्य प्रदेशमा १२०, दिल्लीमा ५४, राजस्थानमा ५१, उत्तर प्रदेशमा ३४ तथा आन्ध्र प्रदेशमा ३१ जनाको ज्यान गएको छ ।
तेलंगामा २६, तमिलनाडुमा २५, पश्चिम बंगालमा २२, कर्नाटकमा २०, पंजावमा १९, जम्मु काश्मिरमा ८, केरलमा ४ तथा झारखण्ड र हरियाणामा ३÷३ जनाको मृत्यु भएको छ ।
भारतमा सबैभन्दा वढि संक्रमित महाराष्ट्रमा रहेका छन् । त्यहाँ कोरोनाको संक्रमण ९ हजार ३१८ जनामा देखिएको छ । गुजरातमा ३ हजार ७४४, मध्य प्रदेशमा २ हजार ३८७, राजस्थानमा २ हजार ३६४, तमिलनाडुमा २ हजार ५८ तथा उत्तरु प्रदेशमा २ हजार ५३ जना संक्रमित रहेका छन् ।
मथुरामा ४ लाख १३ हजार घर परिवारलाई निःशुल्क ८ हजार मेट्रिक टन चालम वितरण
यसैबीच, भारतको मथुरामा ४ लाख घर परिवारलाई निःशुल्क ८००० टन चामल वितरण गरेको खबर छ । उत्तर प्रदेशको मथुरा प्रशासनका अनुसार ४ लाख १३ हजार गरीब परिवारलाई राशन कार्डको आधारमा निःशुल्क ८ हजार १५४ टन चामल वितरण गरिएको हो ।

Facebook Comments