भव्य कार्यक्रम, प्याराफिट खाली

पोखरा १६ मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमबार गरिएको शुभारम्भ कार्यक्रम भव्य भएको छ । तर दर्शक नहुँदा भव्य कार्यक्रमपनि खल्लो महशुष भएको थियो । शुभारम्भ कार्यक्रममा मार्चपास हेर्न लायक थियो । सँगसँगै गण्डकी प्रदेशको जातजाति, भेषभूषासहितको सांस्कृतिक नृत्य, हट बेलुनलगायत आकर्षणको केन्द्र बनेको थियो । विवादित भएपनि आतसबाजीसहितको पटाका पड्काउँदा शुभारम्भ कार्यक्रमको रौनकता नै उत्साहजनक भएको थियो ।

कार्यक्रममा अतिथिलाई निमन्त्रण पत्र दिएरै बोलाइएको थियो । तर बोलाइएका अतिथिहरु मध्ये कमैमात्र उपस्थित थिए । बोलाइएका मध्ये कमैमात्र अतिथि आएपनि भिआइपी प्याराफिट आधा भरिएकाले सामान्य नै थियो । तर दर्शक प्याराफिट भने पूरै खाली हुँदा कार्यक्रमको रौनकता सबै खल्लो भएको थियो । शुभारम्भ कार्यक्रममा दर्शक सहभागिता बढाउन निःशुल्क प्रवेश दिने प्रचलन भएपनि सागको पोखरा शुभारम्भ कार्यक्रममा टिकट अनिवार्य गरिएको थियो । जसका कारण शुभारम्भ कार्यक्रममा दर्शक नै आएनन् । सोहि कारण प्याराफिट खाली भएको हो । आयोजक र स्थानिय ब्यबस्थापकको कमजोरीका कारण भव्य कार्यक्रमपनि खल्लो भएको हो ।

Facebook Comments