भलाममा शनिबार रक्तदान हुँदै

पोखरा, २० बैशाख

श्रृङ्खला क्लव पोखरा–२० भलाम मौजाको आयोजना तथा एकता क्लवको सह–आयोजनामा शनिबार रक्तदान कार्यक्रम हुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका बेला रगतको अभाव भएकाले रक्तदान कार्यक्रम गर्न लागिएको आयोजक श्रृङ्खला क्लवका अध्यक्षसमेत रहेका रक्तदान कार्यक्रमका संयोजक जीवन अधिकारीले बताए । रक्तदान कार्यक्रममा लकडाउनका आधारभूत नियमहरु पालना गरिने उनले बताए ।

रक्तदान कार्यक्रम श्रृङ्खला खेल मैदानमा विहान ७ बजेदेखि हुने क्लवका पूर्व सल्लाहकार तथा पत्रकार सूर्य बास्तोलाले जानकारी दिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोग र पोखरा महानगरपालिका वडा नम्बर २० को विशेष सहयोग रहेको बास्तोलाले बताए ।यसैबीच, रक्तदान कार्यक्रमको पूर्व सन्ध्यामा क्लवले शुक्रबार रक्तदान स्थल वरपर सरसफाई गरेको छ । साथै कोरोना भाइरसबाट बच्ने उपाय र लकडाउनसम्बन्धि जानकारीमूलक माइकिङसमेत गरेको बास्तोलाले जानकारी दिए ।

Facebook Comments