भरिया हुँदैं पर्वतारोही र प्रशिक्षकसम्म : छिरिङ जाङबु शेर्पा(video)

माछापुच्छ्रे मोडल ट्रेक :“स्वर्गमा पुगेको जस्तो र शव्दले बर्णन नसकिने ।”

“एकातिर पर्यटन क्षेत्रमा बिकृति आएको छ र अर्कोतिर हामीकहाँ दक्ष जनशक्तिको आवस्यक्ता छ । अर्को कुरा पर्यटनमा ठगी धन्दा चलेको छ । पर्यटकलाई ट्रेकिङमा लगेपछि दुई तिन दिनमा पर्यटकलाई पखाला लगाउने, फेक रेस्क्यू, गर्ने, हेलिकोप्टर रेस्क्यूको कारण खर्च बढाउने नराम्रो प्रवृत्ति पनि देखियो ।”

यस्तो अवस्था निम्त्याउनु भनेको नेपालको पर्यटन व्यवसायलाई नोक्सानी पुर्याउनु हो, नेपाल माउनटेन एकेडेमिका प्रशिक्षक तथा पर्वतारोही छिरिङ जाङबु शेर्पाले भन्नुभयो :“यस्तो बेथिति यो गएको वर्षबाट खुबै चल्यो, त्यस्लाई मध्य नजर गरेर एकेडेमिले संख्यात्मक भन्दा गुणात्मक जनशक्ति उत्पादनमा दियो ।”

शेर्पाले नेपालमा गुणस्तरीय पर्यटनको खाँचो भएर हामी गुणस्तरीय जनशक्ति उत्पादनमा लागेको बताउनु भयो । हामीसंग २० औं हजार ट्रेकिङ गाईडहरु छन, धेरै कम दक्ष जनशक्ति छ । सिप तथा प्रविधियुक्त जनशक्ति छैन, शेर्पाले भन्नुभयो :“त्यसैलाई पूरा गर्नको लागि तालिम आयोजना गरिरहेका छौं, भविष्यलाई हेरेर गुणस्तरीय जनशक्ति निर्माण गरिरहेका छौं ।”

म पोखरामा आयोजना गरिएको नयाँ पर्यटक गाईडको तालिममा प्रशिक्षण दिन आएँ, जहाँ ७७ जिल्लाका नयाँ पर्यटक गाईडहरु आएका रहेछन्, उनिहरुलाई दक्ष बनाउनु हाम्रो कर्तव्य हो किनभने भविष्यमा यस क्षेत्रको, भर्जिन रुमा रहेको माछापुच्छ्रे मोडल ट्रेक लगायतका क्षेत्रमा उनिहरु पर्यटकलाई लैजान सक्षम हुनेछन् ।

नयाँ पुस्ता पर्यटनको लागि उत्सुक

शेर्पाले यस क्षेत्रको पर्यटनको भविष्य राम्रो भएको र नयाँ पुस्ता पर्यटनको लागि उत्सुक भएको पाएको बताउनु भयो । “हामीले उनिहरुलाई पोखरामा सैद्धान्तिक सिप सिकायौं । तर पढाईको साथमा फिल्ड भिजिट आनिवार्य भएकोले माछापुच्छ्रे मोडेल ट्रेकको हाई क्याम्प ३००० मिटरको उचाईसम्म पुग्दा ठाउँ ठाउँमा प्रशिक्षण् पनि दिदैं गयौं । नेभिगेशनको तौर तरीका सिकायौं । नयाँका लागि त नक्शा तथा कम्पास अनिवार्य चाहिन्छ नि । नक्शा,कम्पासको सहायताले गन्तव्यमा पुग्न सजिलो हुन्छ र हराएको खण्डमा पुनः आफ्नो बाटो पत्ता लगाउन सकिन्छ ।

मैले नेपाल माउनटेन एकेडेमिको तर्फबाट पहिलो पटक २७ जना विद्यार्थीलाई फिल्ड ट्रिपको लागि लगेको थिए मेश्रममा । उनिहरुको लागि निकै राम्रो सिकाईको काम भयो । जस्को लागि माछापुच्छ्रे नमूना पैदल मार्ग निर्माण समितिका सचिव कुलप्रसाद अधिकारीले बन्दोबस्त मिलाउनु भएको थियो, शेर्पाले स्मरण गनुभयो । अहिले माछापुच्छ्रे गाउँपालिका लागेको रहेछ खुसि लागेको छ, कुलप्रसाद जी, ९ नंं वडाध्यक्ष दुर्गा क्षेत्री, ७ का सम गुरुङ, नमूना पैदल मार्गका अध्यक्ष भक्त बहादुर गुरुङ, उपाध्यक्ष मसक्तिनाथ तिमिल्सिना लगायतको टीमको प्रयास सह्रानिय छ ।

पर्यटन र एडभेन्चर भन्ने कुरा अचम्मैको हुन्छ । दुःख त हुन्छ माथि पुग्न तर पुगि सकेपछिको फिलिङ्स मनमा बसिसकेपछि त्यो कहिल्यै मनबाट बाहिर जान सक्दैन, शेर्पाले भन्नुभयो :“स्वर्गमा पुगेको जस्तो अनुभव हुन्छ र शव्दले मात्र बर्णन गरेर साध्य हुँदैन ।”

माछापुच्छ्रे मोडल ट्रेक -ट्रेकिङ हब : मनमोहक दृश्य

माछापुच्छ्रे मोडल ट्रेकको प्रवर्धन र प्रचार गर्न आवस्यक छ । यो एकदमै महत्वपूर्ण ट्रेकिङ हब हो हामी सबै लाग्नुपर्छ । ७५ जना नयाँ गाईडलाई त्यहाँ लैजानुको कारण पनि त्यसैको लागि हो कि भविष्यमा दिनमा उनिहरुले पर्यटकलाई लैजान सकुन ।” अर्को कुरा ३६८२ मिटरको उचाईमा पुगेपछि कोर्चुङ डाँडाबाट देखिने हिमालयरेञ्जको कारण मनमोहक छ । हामी माछाप्च्छ्रे्र हिमालको काखैमा पुग्न सक्छौं । अन्नपूर्ण साउथ, अन्नपुर्ण १, अन्नपूर्ण २, अन्नपूर्ण ३ र अन्नपूर्ण ४ हिम श्रृंखला देखिन्छ । हिमचुली पिक, बाह्रशिखर, मर्दी हिमाल, लमजुङ हिमाल, मनास्लु र गणेश हिमाल देखिन्छ । यो एउटा महत्वपूर्ण भ्यू पोईन्ट हो ।

“म एउटा भरीयाको काम गर्नेदेखि हिमाल आरोहण सम्म पुगें । खतराहरु त धेरै हुन्छन् । सगरमाथामा पुग्दा संसार जितेको अनुभव हुन्छ । मैले १४ पटक ८ हजार मिटर माथिका हिमाल आरोहण गरेको छु । चार पटक सगरमाथा चढें, लोत्से चार पटक, छोयु, मनास्लु, सिसापाङमा र मकालु गरेर चौंध पटक चढेको हुँ । पहिलो पटक २००३ मा मैले ८५१६ मिटरको लोत्से हिमालको आरोहण गरे । मैले नेपाल बाहिर, पर्यटनमा लागेपछि जापान, स्वीटजरल्याण्ड, फ्रान्स, थाईल्याण्ड लगायतका देशमा पुगेको अनुभव पनि लिएको छु ।

राष्ट्रको गौरब वढाउने काम

अबको मेरो काम आफुभन्दा अरुलाई पर्यटकिय क्षेत्रको भ्रमण गराउने र सिप सिकाउने हो । यो पटकको स्प्रीङका राष्ट्रको गौरब वढाउने काम गरे नापी विभागका अधिकारीहरुलाई गाईड गर्ने मौका पाए र सगरमाथाको उचाई मापनको कामको अनुभव लिए । त्यो दिन अहिलेसम्मकै रेकर्डमा सगरमाथामा ट्राफिक जाम भएको दिन मे २२ तारिख थियो । हामी ट्राफिक जाममा २ घन्टा पखेर बस्नु पर्यो ।

नेपालमा पहिलो पटक हिउँमा चिप्लेटी खेल्ने खेल स्कीलाई ल्याउने प्रयास भएको छ । २०१५ देखि शुरु गरेको यो अभियानमा हामीले नेपालमा स्कीको चलन बसाउन दक्ष जनशक्ति नै चाहिने रहेछ, हामीले ३५ जना तयार पारेका छौं तर पर्याप्त छैन, तािलम दिईरहेका छौं । र स्की खेल्ने ठाउँहरुको अध्ययन र विषयगत् प्रविधियुक्त प्रशिक्षक प्रशिक्षणुको काम पनि गरिरहेका छौं ।

स्की वीन्टरमा संभव छ

चार सिजन अटम, स्प्रीङ, समर र वीन्टर हुन् । नेपालमा दुईवटा सिजन प्रचलनमा छन् अटम र स्प्रीङ । हामीले समरको पनि अध्ययन गर्यौं । यो समयमा पानी पर्ने, हिलो हुने, पहिरो खस्ने भएकोले पर्यटकिय गविविधिका काम गर्न गाह्रो छ । तर वीन्टरको लागि संभावना धेरै रहेको छ ।
वीन्टरमा हिउँमा चिप्लेटी खेल्ने स्की खेलको विकास गर्यौं भने मान्छेहरु खेल्न जान्छन् र पर्यटनलाई टेवा पुग्छ ।

हामीले नयाँ प्रोडक्टको रुपमा माछापुच्छ्रे मोडल ट्रेक, मनाङ, मुस्ताङ, सैलुङ लगायतका स्थानमा हिउँ पर्ने समयमा स्कीलाई प्रचलनमा ल्याउन सक्छौं । त्यसको लागि पूर्वाधार विकासको काम गर्नुपर्छ, हाम्रो प्रयास जारि छ, शेर्पाले छुट्ने बेलामा मुस्कुराउँदै भन्नुभयो ।

Facebook Comments