भक्तपुरमा अस्तायो सूर्य, २५३८ मतान्तरले कांग्रेस नेता कृष्णलाल भडेंल विजयी

काठमाडौं, मंसिर १५-भक्तपुरमा अस्तायो सूर्य, २५३८ मतान्तरले कांग्रेस नेता कृष्णलाल भडेंल विजयी भएका छन् । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीका निरज लवजुले भने ५ हजार ८२९ मत पाएका छन् ।

अघिल्लो पटक नेकपाले जितेको यो क्षेत्र यस पटक कांग्रेसले आफ्नो पोल्टामा पारेको छ । यसपटक भक्तपुरमा कांग्रेस र राप्रपा (संयुक्त) मिलेर चुनाव लडेका थिए । २०७४ मा भएको प्रदेश सभा चुनावमा भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय८९ मत ल्याएर विजयी भएका थिए । त्यसबेला कांग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए ।

Facebook Comments