बिस्तारै उम्किदै विश्व, ग्रीन जोनमा ५ देश-एंगुलिया, यमन, दक्षिण वर्थ, ग्रिनल्याण्ड र सेन्ट लुसिया

विश्वभर ३० लाख १७ हजार ७७६ मा संक्रमण, २ लाख ७ हजार ७२२ जनाको मृत्यु, ८ लााख ९४ हजार ६६४ जना निको

अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र १५

कोरोनाको कहरबाट विश्व बिस्तारै उम्किन तालेको छ । आज समेत गरेर ग्रीन जोनको सूचिमा ५ देश परेका छन् । पछिल्लो क्रममा एंगुलिया हरीयो जोनमा परेको हो । यस्तै यमन, दक्षिण वर्थ, ग्रिनल्याण्ड र सेन्ट लुसिया यसअघि नै ग्रिन जोनमा परेका थिए । यि देशहरु कोरोनाभाइरस संक्रमण फैलिएका २१० देश मध्य कोरोना मुक्त भएका ५ हुन जो हरियो सूचिमा परेका छन् ।

पछिल्लो क्रममा ग्रिन जोनमा परेको एंगुलियामा रहेका ३ जना संक्रमित निको भएका छ् । यमनमा १ जनामा संक्रमण देखिएकोमा निको भईसकेका छन् । दक्षिण वर्थमा ६ जनामा संक्रमण भएकोमा ६ जना नै निको भईसकेका छन् । ग्रिनल्याण्डमा ११ जनामा संक्रमण भएकोमा ११ जना नै निको भएका छन् भने सेन्ट लुसियामा १५ जनामा संक्रमण देखिएकोमा १५ जना नै निको भएका छन् ।

विश्वभर ३० लाख १७ हजार ७७६ मा संक्रमण, २ लाख ७ हजार ७२२ जनाको मृत्यु, ८ लााख ९४ हजार ६६४ जना निको

विश्वभर कोरोनाभाइरसबाट संक्रमति भएकाहरुको संख्या सोमवार बेलुकासम्म ३० लाख १७ हजार ७७६ पुगेको छ । २ लाख ७ हजार ७२२ जनाको मृत्यु भईसकेको छ भने अहिलेसम्म ८ लााख ९४ हजार ६६४ जना निको भईसकेका छन् । यस्तै १९ लाख ९१ हजार ५९० वटा संक्रिय संक्रमणका केस रहेका छन् भने ति मध्यमा ५७ हजार ५४५ जनाको अवस्था गम्भिर रहेको छ । १८ लाख ५८ हजार ४५ जनाको अवस्था सामान्य रहेको छ ।

संयुक्त राज्य अमेरिकामा विश्वमै सबैभन्दा वढि कोरोनाभाइरसका संक्रमित रहेका छन् । त्यहाँ ९ लाख ८७ हजार ३२२ जनामा संक्रमण भएको छ । ५५ हजार ४१५ जनाको मृत्यु भएको छ भने १ लाख १८ हजार ७८१ जना निको भएका छन् । अमेरिकामा अहिलेसम्म ५४ लाख ७० हजार ५५५ जनाको परिक्षण गरिएको छ ।

स्पेनमा २ लाख ३६ हजार १९९ जनामा संक्रमण भएको छ भने २३ हजार ५२१ जनाको मृत्यु भएको छ । आज स्पेनमा ३३१ जनाको मृत्यु भएको छ भने ९ हजार ५७० थप नयाँ संक्रमण देखिएको छ । इटालीमा १ लाख ९७ हजार ६७५ जनामा संक्रमण देखिएको छ भने २६ हजार ६४४ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ६२ हजार १०० जनामा संक्रमण देखिएको छ भने २२ हजार ८५६ को मृत्यु भएको छ । जर्मनीमा १ लाख ५७ हजार ७८१३ मानिस संक्रमित भएका छन् । ५ हजार ९७६ जनाको मृत्यु भएको छ ।

बेलायतमा १ लाख ५२ हजार ८४० जनामा संक्रमण भएको छ भने २० हजार ७३२ जनाको मृत्यु भएको छ । टर्किमा १ लाख १० हजार १३० जना संक्रमति भएका छन् भने २ हजार ८०५ जनाको मृत्यु भएको छ । इरानमा ९१ हजार ४७२ जना संक्रमति भएका छन् भने ५ हजार ८०६ जनाको मृत्यु भएको छ ।

रसियामा ८७ हजार १४७ जना संक्रमति भएका छन् भने ७९४ जनाको मृत्यु भएको छ । आज त्यहाँ ४७ जनाको मृत्यु भएको छ भने नयाँ संक्रमण ६ हजार १९८ जनामा देखिएको छ । ब्राजिलमा ६३ हजार १०० जनामा संक्रमण देखिएको छ भने ४ हजार २८६ जनाको मृत्यु भएको छ । क्यानाडामा ४६ हजार ८९५ मा संक्रमण भएको छ भने २ हजार ५६० को मृत्यु भएको छ ।

भारतमा २७ हजार ९७७ मा संक्रमण देखिएको छ । अहिलेसम्म ८८४ जनाको मृत्यु भएको छ ।श्रोत :वल्र्डओमिटर्स डट इन्फो

Facebook Comments