‘बिपदको सामना सानो कुरा होइन, त्यसको भौतिक र मानसिक रुपमा पूर्व तयारी पनि हो :मन्त्री चुमान{video}

aarju

सन्देश श्रेष्ठ/पोखरा, कात्तिक २

पोखराकाृ पृथ्वीचोकमा दुर्घट्नाकै झल्को दिनेगरी सडक दुर्घटना उद्धार नमूना अभ्यास गरिएको छ । ठूला दुर्घट्ना हुँदा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र अर्थात तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धार गर्ने पूर्व तयारी स्वरुप यो अभ्यास गरिएको हो ।

पृथ्वीचोकमै गरिएको नमूना अभ्यास कार्यक्रममा नेपाल प्रहरीको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत उद्धारमा खटिएको थियो । रेडक्रसको टिम प्राथमिक उपचारमा खटियो भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा घाइतेको उपचारको अभ्यास गरियो ।

aarju

पृथ्वीचोकमा दुर्घट्ना भएपछि तत्कालै प्रहरीले उद्धार थाल्यो । तर ठूलो दुर्घटना भएकाले अन्य सुरक्षाकर्मीकोसमेत आवश्यक्ता महशुष भएपछि कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रमुख जिल्ला अधिकारीलाई घट्ना जानकारी गराए । प्रमुख जिल्ला अधिकारीले तत्कालै अन्य सुरक्षा निकायलाई उद्धारमा खटिन निर्देशन दिएपछि नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली घट्नास्थल आएर उद्धारमा खटिए ।

सडक दुर्घटनाको नमूना अभ्यास गर्दा यात्रुहरु भने अलमलमा परे । उनीहरु साँच्चिकै दुर्घटना भएको हो कि भनेर अलमलमा परेका हुन् । अझ मृतकका आफन्त र प्रहरी बिच घम्साघम्सी चल्दा त यात्रुहरु अचम्ममा परे । तर पछि सडक दुर्घटना उद्धार नमुना अभ्यास भन्ने थाहा पाउँदा उनीहरु जिल खाएका थिए ।

aarju

बिपद पूर्व जानकारी बिनानै आउने भएकाले बिपद ब्यबस्थापनका लागि पूर्व तयारी स्वरुप अभ्यास गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत सुमन भट्टराईले जानकारी दिए ।

घट्नाको प्रकृति हेरेर कहिं एकल प्रयास त कहिं तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धार गर्नका लागि पूर्व तयारी स्वरुप नमूना अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार केसीले बताए ।

aarju

समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारमा खटिदा उद्धार प्रभावकारी हुने बताए । उनले भने,‘बिपदको सामना गर्ने भनेको सानो कुरा होइन, त्यसको भौतिक र मानसिक रुपमा पूर्व तयारी पनि हो यो ।’ यसले सुरक्षा निकायलाई बिपदको पूर्व तयारी गर्न र तयारी अवस्थामा रहन तथा आम नागरिकलाई सचेतना प्रदान गर्ने उनको भनाई छ ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बिपद ब्यबस्थापन शाखाको आयोजनामा असोज २६ गतेदेखि कात्तिक २ गतेसम्म गरिएको बिपद ब्यबस्थापन सम्बन्धी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार अन्तिम दिन तीन वटै सुरक्षा निकाय मिलेर सडक दुर्घट्ना उद्धार नमूना अभ्यास गरेका हुन् । ‘अत्यावश्यक पूर्वाधारमा बिपदबाट हुने क्षेति घटाऔं, आधारभुत सेवा प्रवाह रोकिनबाट बचाऔं भन्ने नारासहित भएको बिपद ब्यबस्थापन सम्बन्धी सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन असोज २६ गते प्रभातफेरी र गोर्खा भुकम्प २०७२ का फोटोहरु प्रदर्शनी गरिएको थियो ।

aarju

त्यस्तै दोश्रो दिन असोज २७ गते नेपाल रेडक्रस सोसाइटी कास्कीको संयोजनमा रक्तदान, तेश्रो दिन असोज २८ गते सञ्चार माध्यममा परिसम्बाद, चौथो दिन असोज २९ गते नेपाली सेनाले अग्नी नियन्त्रण तथा उद्धार, नेपाल प्रहरीले खोंचमा परेकाहरुको उद्धार (रेस्क्यू रोप), र सशस्त्र प्रहरीले तालमा भएको डुंगा दुर्घटनाको उद्धार (डिप डाइभिङ रेस्क्यू) नमूना अभ्यास गरेका थिए । त्यस्तै पाचौं दिन असोज ३० गते ट्राफिक प्रहरीले ट्राफिक सचेतना कार्यक्रम, छैटौं दिन असोज १ गते सामाजिक विकास मन्त्रालयको संयोजनमा डेंगु नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको थियो । यो बिचमा अपाङ्गता बस्ने होस्टलमा हुने दुर्घटनामा भएका घाइतेको उद्धार कसरी गर्ने भन्नेबारेमासमेत नमूना अभ्यास गरिएको थियो ।

Facebook Comments