बिन्ध्यबासिनी मन्दिर र बिन्ध्यबासिनी वाटिका चैत्र ११ देखि चैत्र मसान्तसम्म बन्द

पोखरा, चैत्र ११

कोरोना भाइरसको प्रकोपलाइ ध्यानमा राख्दै बिन्ध्यबासिनी मन्दिर र बिन्ध्यबासिनी वाटिका मंगलवार चैत्र ११ देखि चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ ।

बिन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति अन्तर्गत रहेको फूल प्रसाद पसलहरुको भाडामा यस महिनाको लागि ६६ प्रतिशत र एम्बुलेन्स भवनका शटरहरुको भाडामा ५० प्रतिशत छुट गर्ने निर्णय भएको विन्दवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिवव तीर्थ श्रेष्ठले जानकारी दिनु भएको छ ।

Facebook Comments