‘बिआरआई’ विश्व राजनीतिमा ठूलो प्रभाव पार्ने रणनीति, नेपालको सुपुर्दगि सन्धिमा ढुलमूले नीति प्रत्युत्पादक, हामी चुक्यौं :मुल्मी{VIDEO}

आरजू विष्ट सल्यानी/पोखरा, असोज ३०

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चिनिया राष्ट्रपति सि चिनफिङले लिनुभएको बेल्ट एण्ड रोडको रणनीति विश्व राजनीतिमा सबैभन्दा ठूलो प्रभाव पार्ने रणनीति नै भएको बताउनु भएको छ ।

रेडियो अन्नपूर्णकर्मि दीपेन्द्र श्रेष्ठसंग आज बिहान आजको वैठकमा कुराकानी गर्दै नेपालले के पायो के पाएन भनेर भन्नु भन्दा चिनियाँ राष्ट्रपति सि चिनपिङले गर्नुभएको नेपालको दुई दिने राजकिय भ्रमण नै महत्वपूर्ण भएको बताउनु भयो । तर नेपालले सि को भ्रमणलाई महत्व दिएर उजागर गर्न सकेन, पर्याप्त गृहकार्य गर्नमा चुकेको बताउनु भयो ।

FNCCI FORMER PRESIDENT ANANDRAJ MULMI WITH DIPENDRA SHRESTHA

सरकारले चीनसंग कुटनीतिक रुपमा सहमत गरेको विषय सुपुर्दगि सन्धिको बारे ढुलमूले नीति अपाउनु प्रत्युत्पादक भएको बताउनु भयो । सिलाई ब्रिफिङ गरिसकेको विषयलाई अन्तिम अवस्थामा आएर हस्ताक्षर नगर्नु प्रत्युतपादक संकेत हो, मुल्मीले भन्नुभयो ः“विश्व शक्तिको एउटा महान शक्तिलाई होलटमा राखेर नेपाललाई चीनाउन नसक्नु, प्रवर्धन गर्न नसक्नु, सम्पदाको नजिक लैजान नसक्नु ठूलो कमजोरी भएको छ ।” मुल्मीले विश्व शक्ति संग नेपालले प्राथमिकतामा के कुरा राख्ने भन्ने बारेमा पनि निक्र्योल गर्न नसकेको टिप्पण्ी गर्नुभयो ।

चीनले कसैलाई चिढाउन चाहँदैन, सहअस्तित्वको नीतिले उ अगाडी गईरहेको छ, विश्वमा आफुलाई सुपरपावरको रुपमा स्थापित गर्ने लक्ष्यले अगाडी वढिरहेको उस्बमे सम्पूर्ण ध्यान आर्थिक शक्तिलाई संचयन गर्ने हो, उमुल्मीले भन्नुभयो ः“यहि कारणले चीनले आफ्नो विकासलाई विश्वसामु चिनाउन, उनिहरुको विकासमा अरुलाई आकर्षित गर्नु र आफ्नो नजिक ल्याउनु नै हो ।”

समयको उचित उपयोग नेपालले गर्न सकेन

एउटा कुरा महत्वपूर्ण छ, नाकावन्दिको समयलाई नेपालले राम्रोसंग उपयोग गर्न सकेन । त्यो बेला चीनले नेपाललाई ठूलो सहयोग गर्ने बचन दिएको थियो, नेपाल हर्षित भएको थियो उपयोग गर्न सकेन । अर्को भारतको पक्षबाट नेपालको लागि अहिले ठूलो सहयोग हुनसक्ने छाँट देखिएको छैन, चीन र भारतले एकआपसको मेलबिना विश्वमा स्थापना हुन नसक्ने बुझिसकेका र दुवैले स्वीकार गरिसकेका छन् । चिनिया राष्ट्रपति सि को नेपाल भ्रमणको अवसरमा दुई मुलुकबिच २० बुदे सम्झौता पछिको अवस्थालाई हेर्ने हो भने भारत वा चीन वा कसैले दिएर देश बन्ने होईन, यो सन्देश सि को भ्रमण पछि देखिएको छ, देश आफैंले बनाउने हो अरुले होईन भन्ने सि को सन्देश हो ।

सुशासन, आर्थिक अनुशासन नभएका कम्यूनिष्ट हुन सक्दैन

चीनले आफ्नो कम्यूनिष्ट शासनलाई विश्वसामु चिनाउन, प्रचार गर्न चाहेको छैन र गरेन । मुल्मीले भन्नुभयो ः नेपालमा पनि कम्यूनिष्ट शासन छ, तर कम्यूनिष्ट शासन छ, मुलुकको विकास हुन्छ भनेर कल्नपा नगर्नुस् भनेर स्पष्ट सन्देश सि ले दिनुभएको छ ।” तर सिले एउटा कुरा भनेको जायज छ ः“कम्यूनिष्टहरु जबसम्म सुशासन, आर्थिक अनुशासनमा रहन सक्दैनन्, कम्यूनिष्ट पार्टी, पार्टी रहन सक्दैन भन्ने नेपालका पार्टीहरुलाई सन्देश दिनुभएको छ ।” निरन्तर जनताको काममा लागिरहे सेवा गरे जनताकोबिच रहिरहन सकिन्छ ।PHOTO: Dna Nepal

Facebook Comments