बालुवाटारमा सर्वपक्षीय छलफल सुरु सबै दलका नेताहरु बालुवाटार पुगे

काठमाडौं कार्तिक २३ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वपक्षीय छलफल शुरु भएको छ ।सर्वपक्षीय छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक डाकेपछि सबै दलका नेताहरु बालुवाटार पुगेका छन् ।

भारतले जारी गरेको मुलुकको नयाँ नक्सामा नेपाली भूमि मिचिएका ठाउँबारे छलफल गरी राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत दलहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, सीमाविदहरूलगायतलाई बैठकमा बोलाएका हुन् ।

भारतले जारी गरेको नक्सामा नेपालका भूमी लिपुलेक, कालापानीलगायत समावेश भएपछि चर्को विवाद हुँदै आएको छ।बैठकमा भाग लिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापालगायत बालुवाटार पुगिसकेका छन्।

सरकारले यसअघि नै भारतले जारी गरेको राजनीतिक नक्सा अस्वीकार्य रहेको बताएको छ भने भारतीय पक्षले भने आफूहरूले नेपालको भूमि नक्सामा नपारेको दाबी गरेको छ। खबरहब

Facebook Comments