बाराही रोधी घरमा टुबोर्ग नाइट विशेष संगीतिक सांझ हुदै

पोखरा २१ पुस । पोखराको महेन्द्रपुलमा रहेको बाराही रोधी घर एण्ड रेष्टुरेन्ट प्रालिले आगामी पुसको २५ देखी २८ गते सम्म टुबोर्ग नाइट विशेष सांगीतिक सांझ २०७६ को आयोजना गर्ने भएको छ । पोखरा महेन्द्रपुल स्थित मेडिकल लाइनमा रहेको रोधी घरले लोकदोहोरी पारखीहरुलाई लक्षित गरी टुबोर्ग नाइट विशेष सांगीतिक सांझको आयाजना गर्न लागेको रेष्टुरेण्टका सञ्चालक दिलु लामा मोक्तानले जानकारी दिइन ।

चार दिन सम्म सञ्चालन हुने सांगीतिक सांझमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय लोकदोहारी गायक गायिकाको प्रस्तुती रहने छ । सांगीतिक सांझ अवधिभर चर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङ, बबिता बानिया “जेरी”, शिव हमाल, राजु गुरुङ, जानकी तरामी मगर, शंकर बिरही गुरुङ, सुरेन्द्र गुरुङ, सरिस्मा मगर, ज्योती लोहोनी, कृष्ण सुवेदी, टेक क्षेत्री, जीवन सिग्देल, अस्मिता डि.सी.को प्रस्तुती रहनेछभने ।

रोधी घरका नियमित कलाकारहरु पूर्ण गुरुङ, देवेन्द्र तामाङ “चित्र”, भिष्म तामाङ, चक्र आले मगर, राम तामाङ, लाजु लिम्बु, सुरज सुन्दौली, सुनिता नेपाली, साजना बास्तोला, अनिशा गुरुङ “बिन्दु”, सम्झना गुरुङ, अस्मिता थापा मगर, दिलु मोक्तान लगायतको प्रस्तुती रहने संचालकले वताएका छन ।

Facebook Comments