बाराही रोँधीघरमा बिशेष साङ्गितिक कार्यक्रम हुने

सबिन रेग्मी पोखरा २९

पोखरा ९ महेन्द्रपुलमा रहेको बाराही रोधीघरमा प्रेम दिवसको अबसर पारेर प्रेम दिवस बिशेष सांगीतिक कार्यक्रम हुने भएको छ ।फागुन १ गते देखी ३ गते सम्म साँझ ७ बजे देखी राती १२ बजे सम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति सहित बिशेष कार्यक्रम हुने भएको रोँधीघरका सञ्चालक टहलसिंह थापाले जानकारी दिए ।

कार्यक्रमा राष्ट्रिय स्तरका कलाकारहरु राजु परियार, राजु गरुङ, खुमन अधिकारी, जुना श्रीस मगर, शर्मिला गु्रुङ्गले प्रस्तुती दिनेछन् । त्यस्तै सुरेन्द्र गुरुङ्ग, शंकर विरही गुरुङ्ग लगायतका स्थानिय कलाकारको प्रस्तुति रहने छ । साथै वालकलाकार कमला घिमिरे लगायतको विशेष प्रस्तुती रहने सञ्चालिका डिलु लामाले बताइन् ।

त्यसैगरी प्रणय दिवसका दिन प्रेम जोडीहरुका लागी विशेष छुटको समेत व्यवस्था गरिएको रोँधीघरका म्यानेजर संकल्प क्षेत्रीले बताए । पोखरामा पछिल्लो समयमा प्रणय दिवसका अवसरमा विभिन्न सपिङ्ग कम्पलेक्स, होटल तथा रेष्टुरेण्टदेखि गिफ्ट पसलले समेत प्रेम जोडीहरुको लागी छुट दिँदै आएका छन् ।

Facebook Comments