बाराही बेकरीका उत्पादनहरुको वजारिकरण शुरु, खाना खाने बानिमा परिवर्तन ल्याउँछ:पालिखे(video)

अनलाइनअन्नपूर्ण/पोखरा, साउन ९

कोरोनाको कहरको बीचमा पोखरामा स्थापना गरिएको बाराही बेकरीले बन्दाबन्दिलाई अवसरको रुपमा लिएर आफ्ना उत्पादनलाई वजारिकरण शुरु गरेको छ ।

बाराही बेकरीका निर्देशक सुनयना पालिखेले कोरोनाको कहरकोबीच गुज्रिदै गर्दा यसलाई अवसरको रुपमा लिएर साउनको १ गतेबाट उत्पदान शुरु गरी २ गतेबाट निरन्तर वजारमा पठाउने व्यवस्था मिलाईएको बताउनु भएको छ ।

लामो रिसर्च, अध्ययन पश्चात उत्पादन शुरु गर्यौं, डेढ करोड वढीको लगानि रहेको छ, बाराही बेकरीका उत्पादनहरु स्वास्थ्यलाई मध्यनजर गरेर बनाईएको पालिखेले बताउनु भयो । उहाँले भन्नुभयो :“समय अनुसार मानिसको खाना खाने बानिमा पनि परिवर्तन भईरहेको छ, त्यसैले बन्दाबन्दिको समयलाई अवसर मानेर उद्यमशिलतासंगं जोड्यौं । अध्ययनको क्षेत्र पनि भएकोले सजिलो पनि भयो र स्वास्थ्यवर्धक उत्पादनमा जोड दिएका छौं, जो सुद्ध आँटाबाट बनाईन्छ ।” उहाँका अनुसार उत्पादनहरुमा :-

१ मल्टि ग्रेन ब्रेड
२ होल ह्वीट ब्रेड
३ ईनरिच ह्वाईट ब्रेड
४ होल ह्वीट क्रोईसन्ट ब्रेड
५ होल ह्वीट सिनामोन रोल
६ होल ह्वीट वन
७ होल ह्वीट लङ्ग वन
८ स्वीट लोफ ब्रेड रहेका छन् ।

अन्य उत्पादनहरु केहि समयमा ल्याईने उहाँ बताउनु भयो । उत्पापदित ब्रेडमा वटरको प्रयोग गरिएको छ, उहाँले भन्नुभयो ः“ग्राहकले खाने बित्तिकै यसको स्वाद थाहा पाईहाल्नु हुन्छ र फरक स्वादमा भएको सजिलै उत्ता लगाउनु हुन्छ । यो कुरा त वजारिकरण गरेको एक हप्तामा पाएका प्रतिक्रियाबाट हामीलाई उत्साहि बनाएको छ, पालिखेले आफ्नो कुरा सुनाउनु भयो ।

बद्लीदो परिस्थिति छ, युवा पुस्ताको रोजाई बेकरी प्रोडक्ट्समा वढी देखिन्छ, यद्यपी पाका उमेरका लागि पनि उत्तिकै उपभोग्य छन् । खाना पकाउन रुचि नभएको दिनमा साँझा वा बिहान वा रहेक दिन खाजा नास्ताको बेलामा हाम्रा उत्पादनले पक्कै पनि ग्राहकको मन जित्ने छन् र अहिले मानिसको खाना खाने बानिमा आईरहेको परिवर्तनमा सघाउने विश्वास गरेका छौं । त्यो के भने खानाको सट्टामा पनि अर्थात भातै पकाएर, टोटी नै बनाएर खाने चलनलाई यसले सहयोगि भूमिका निर्वाह गरिदिन सक्छ । यो विश्वास त हामीले उपभोग गरिरहेका महानुभावले बताईसक्नु भएकोले झन् उत्साहि बनाएको छ ।

अहिले मानिसमा स्वास्थ्य चेतना पनि वढेको छ । बेकरी उत्पादनको गुणस्तरलाई पनि हेर्ने भएकोले हामीले त्यहि चेतनालाई मध्यनजर गरेर गुणस्तरीय उत्पादन र उत्पादित ब्रेडमा लेवलीङ गर्ने कुरामा ध्यान दिएका छौं, पालिखेले भन्नुभयो :“वजारमा पाईने अन्य उत्पादन जस्तै मूल्यमा समानता होला तर हामीले आफ्नो उत्पादित ब्रेडहरुको गुणस्तरमा कुनै प्रकारको सम्झैता गरेका छैनौं ।” पालिखेले तत्काल पोखरा वजारमा २५, ३० वटा स्थानमा रहेका सपिङ स्टोरहरुमा गईसकेको र वजारिकणका लागि अन्य स्थानको खोजि भईरहेको बताउनु भयो ।

बाराही बेकरीका उत्पादनहरु सेलवेजका पाँचैवटा आउटलेटमा पाईन्छन् । सेलवेज महेन्द्रपुल, सेलवेज लेकसाईड, सेलवेज बगर, सेलवेज वीरौटा र सेलवेज भद्रकालीमा पाईन्छ ।

यस्तै मुनाल स्टोर्स चिप्लेढुंगा, बिनायक फ्रेस हाउस चिप्लेढुंगा, पानी पधेँरो बागवजार, वीरौटा, विन्दवासिनी स्टोर्स बगर, ग्रेना डिमार्टमेन्ट स्टोर्स बगर, जय माछापुच्छ्रे सपिङ बगर, एसपी ट्रेडर्स बगर, सुलभ कोअपरेटिभ जरेबर, हाम्रो मार्ट मीयापाटन, मण्डली डिपार्टमेन्ट स्टोर वीपी मार्ग कुँडहर, टोडा मार्ट रानीपौवा, व्यञ्जन कार वास जीरो किलोमिटरमा पाईने उहाँले बताउनु भयो ।

भविष्यमा बाराही बेकरी सेवा विस्तारको साेंचमा रहेको बताउँदै पालिखेले पोखराका विभिन्न स्थानमा आफ्नै आउटलेट संचालनमा ल्याउन लागेको जानकारी दिनुभयो । पोखराको न्यूरोड लगायतका स्थानबाट सेवा दिईने भएको छ ।

स्मरण रहोस्, बाराही बेकरीले आफ्नो प्रोडक्टको ब्राण्डिङ “बनयान” नामबाट गरेको छ ।

रेडियो अन्नपूर्णमा आजको वैठकमा प्रस्तोता दीपेन्द्र श्रेष्ठसंग कुराकानि गर्दै बाराही बेकरीका निर्देशक सुनयना पालिखे
Facebook Comments