बागलुङमा जीप दुर्घटना १४ को मृत्यु

बागलुङ १७ मंसिर । बागलुङमा यात्रुबाहक जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छैन ।ग १ ख ४२१९ नम्बरको जीप गुल्मीको ईश्माबाट बागलुङको बुर्तिवाङतर्फ जाँदै गर्दा खोलामा खसेको प्रहरी नायव उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

जीप मंगलबार बिहान मध्यपहाडी लोकमार्गको भिमगिठे नजिकैको भीरबाट बडिगाड खोलामा खसेको हो। जीपमा १८ जना सवार थिए।

बढी भार र तीव्रगतिले दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। उक्त घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय बुर्तिवाङ, प्रहरी चौकी भिमगिठेका प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन्। खबरहब




Facebook Comments