बर्नलीविरुद्ध चेल्सीको शानदार जित

कार्तिक १० । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले बर्नलीविरुद्ध शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई ४(२ गोल अन्तरले पराजित गरेको हो ।बर्नलीको मैदानमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलिसिचले ह्याट्रिक गरे ।

यस्तै विलियमले एक गोल थपे । घरेलु टिम बर्नलीका जय रोड्रीगेज र म्याकनिलले एक एक गोल फर्काए।खेलको २१ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । खेलको ४५ औं पुलिसिचले चेल्सीका लागि दोस्रो गोल गरे ।

५६ औं मिनेटमा पुलिसिचले ह्याट्रिक पुरा गर्दै चेल्सीलाई ३(० को अग्रता दिलाए । बर्नलीसँग ह्याट्रिक गरेसँगै पुलिसिच प्रिमियर लिगमा ह्याट्रिक गरे दोस्रो अमेरिकन खेलाडी बनेका छन् ।खेलको ५८ औं मिनेटमा विलियमले गोल गर्दा चेल्सी ४(० ले अघि रह्यो ।

खेलको ८६ औं मिनेटमा रोड्रीगेजले गोल गर्दै बर्नलीलाई खेलमा फर्काउने कोशिस गरे । त्यसपछि खेलको ८९ औं मिनेटमा म्याकनिलले थप एक गोल फर्काएपनि घरेलु टिम ४(२ ले पराजित भयो ।जितसँगै चेल्सी लिगको चौथी स्थानमा उक्लिएको छ । चेल्सीले १० खेलमा २० अंक जोडेको छ । १२ अंक जोडेको बर्नली ११ औं स्थानमा छ । एजेन्सी

Facebook Comments