‘बजेट अभावमा साग सफल बनाउन रोइरोइ काम गर्नुपर्योे’ :मन्त्री विश्वकर्मा

सन्देश श्रेष्ठ, पोखरा, पुष २-युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) श्रोत र साधनले भन्दापनि मिसनले सफल भएको बताएका छन् । भूतपूर्व खेलाडी मञ्चले मन्त्री विकको सम्मानार्थ पोखरामा बुधबार आयोजना गरेको ‘स्वागत तथा बधाई’ कार्यक्रममा बोल्दै मन्त्री विकले मिसनका कारण साग सफल भएको बताएका हुन् । साग त्यसै सफल भएको होइन,‘उनले थपे,‘श्रोत र साधनको सिमितता थियो, त्यसैले यो श्रोत र साधनको कारणले भन्दापनि मिसनका कारण सफल भएको हो ।’ आफूले जोखिम मोलेर काम गरेका कारण साग सफल भएको समेत उनले दाबी गरे ।

मन्त्री विकले साग आयोजना गर्न श्रोत र साधनको अभाव भएको बताए । साग आयोजना गर्न भनेर सरकारले रातो कितावमा केवल ५० लाख मात्र छुट्याएको स्मरण गर्दै भने,‘बजेट अभावमा हामीलाई काम गर्न अप्ठेरो भयो ।’ प्रधानमन्त्री केपी शर्मा ओली साग जसरीपनि गर्नुपर्छ भन्ने पक्षमा भएपनि बजेट विनियोजन नहुँदा ‘रोईरोई’ आयोजना गर्नुपरेको उनले स्मरण गरे । साग आयोजना गर्न त रोइरोई गर्नु पर्छ,‘उनले भने,‘राज्यले खेल क्षेत्रलाई कस्तो रुपमा हेर्छ भन्ने यसलेपनि स्पष्ट पार्छ ।’

मन्त्री विकले कतिपयले साग हुँदैन भनेर प्रचार गर्नुका साथै हतोत्साही गर्ने प्रयास गरेपनि साग सफल पारेर उनीहरुलाई जवाफ दिएको बताए । कतिपयले अन्तिम समयसम्मपनि साग हुँदैन भनेर प्रचार गर्दा मनमा डर त्रास पक्कैपनि सिर्जना भयो,‘उनले भने,‘तर हामी साग नहुँदा त बर्बाद हुन्छ भनेर रातदिन लागिरह्यौं, खटिरह्यौं र साग सफल बनाउन सफल भयौं ।’

मन्त्री विकले पोखरा रंगशाला जति बन्नुपथ्र्यो त्यो बनाउन नसकिएको बताए । मैले यहाँका जिम्मेवार व्यक्तिहरुलाई पोखरा रंगशालालाई अत्याधुनिक बनाउन जेजे गर्नुपर्ने हो जति खर्च लागेपनि गर्नुहोला भनेको थिएँ,‘उनले भने,‘बनाउन शुरु गरेको भए राज्यले जसरीपनि खर्च दिने थियो, तर अब जति भयो भयो, अब थप काम गर्न चाहेरपनि सक्दिनँ ।’ उनले सागका बेला आवश्यक्ता अनुसार भकाभक काम गर्न सकिने भएपनि अब योजना परेर बजेट निकासा भएपछि मात्र गर्नुपर्ने भएकाले थप काम गर्न समय कुर्नुपर्ने बताए ।

मन्त्री विकले सफल म्याराथन प्रतियोगिताका लागि सहयोग गर्ने आश्वासन दिए । तर यति नै सहयोग हुन्छ भनेर ठोस् प्रतिबद्धता भने उनले गरेनन् । उनले राज्यले गर्नेबाहेक अन्य नीजि क्षेत्रबाट हुने सहयोगका लागिपनि पहल गरिदिने बताए । साथै उनले युएनडिपीबाटपनि सहयोग जुटाइदिने भन्दै काठमाडौं आउँदा सँगै युएनडिपीको कार्यालयमा लगेर भेटाइदिने बचन दिए ।

सफल पोखरा म्याराथनको पुरस्कार राशी ३ लाख तयारी

भूतपूर्व खेलाडी मञ्च नेपालले युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई सफल म्याराथन प्रतियोगिताको प्रस्तावना (प्रोपोजल) बुझाएको छ । मन्त्रीको सम्मानार्थ मञ्चले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रमको अवसरमा मन्त्री विकलाई सफल पोखरा म्याराथनको प्रोपोजल बुझाएको हो । मञ्चले वार्षिक रुपमा फागुन ७ गते सफल पोखरा म्याराथन आयोजना गर्दै आएको छ । सो प्रतियोगिताका लागि आर्थिक सहयोगका लागि मञ्चले माग प्रस्ताव मन्त्रीलाई बुझाएको हो ।

प्रतियोगिताबारे जानकारी दिदै मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले अघिल्लो वर्षको भन्दा यस वर्ष खर्च बढ्ने बताए । अघिल्लो वर्षको कुल खर्च २३ लाख भएको र यस वर्ष त्यो बढेर ३७ लाख पुग्ने अनुमान गरिएको अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङले यस वर्ष पुरस्कारको राशी बढाउने तयारी गरिएको बताए । उनका अनुसार यस वर्ष प्रथम हुनेलाई ३ लाख, द्वितीय हुनेलाई २ लाख र तृतीय हुनेलाई १ लाख पुरस्कार दिने तयारी गरिएको छ । यो अघिल्लो वर्षको भन्दा तेब्बर बढी हो । अघिल्लो वर्ष प्रथम हुनेलाई १ लाख, द्वितीय हुनेलाई ७० हजार र तृतीय हुनेलाई ५० हजार पुरस्कार दिइएको थियो ।

अध्यक्ष गुरुङले सफल म्याराथनमा यस वर्ष ७ हजारलाई दौडाउने लक्ष्य राखिएको बताए । अघिल्लो वर्ष यो संख्या ५ हजार थियो । प्रतियोगिसहित रन फर फनमा सहभागि हुनेको संख्या ७ हजार पु¥याउने लक्ष्य रहेको उनको स्पष्टोक्ती थियो । सिटी म्याराथनको कन्सेप्ट अनुसार प्रतियोगिता आयोजना गर्दै आएको र यसको आयोजना महानगरले गर्नुपर्ने भएपनि पोखरामा भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्दै आएकाले यसलाई राज्यको सहयोग आवश्यक रहेको उल्लेख गरे । उनले सरकारको सहयोगबाहेक भिजिट नेपाल २०२० सँगपनि सहकार्य गर्ने ईच्छा व्यक्त गर्दै त्यसका लागि समन्वय गरिदिन मन्त्री विकलाई आग्रह गरे ।

Facebook Comments