बजार जेष्ठ नागरिक केन्द्रको साधारणसभा सम्पन्न

पोखरा, १३ पुस-रामबजार जेष्ठ नागरिक मिलन केन्द्रको दोस्रो साधरण सभा सम्पन भयो भएको छ । केन्द्रका १०१ बर्षका बाबा क्या. कुल बहादुर गुरुङ्गको प्रमुख अथिति तथा बिशेष अथिती ८९ बर्ष का आमा श्रीमती श्री माया गुरुङ्गको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सचिव ज्ञान बहादुर थापा र कोषाध्यक्ष भुपेन्द्र कुँवरले बार्षिक प्रगति तथा आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा यस संस्थाका उपाध्यक्ष श्रीमती माया गुरुङ्ग भुजेल राष्ट्रिय आदिवासी जनजाति माहिला मन्च द्वारा प्रदेश न. ४ को संयोजकको रूपमा चुनिनु भएकोमा उहाँलाई सम्मान गरियो । यसै गरी केन्द्रमा योगदान दिने प्रत्येक बर्ष १ जनालाई सम्मान गर्ने कार्यक्रम अन्तरगत सु.मे.प्रेम बहादुर गुरुङ्गलाई सम्मान गरियो ।

कार्यक्रममा यस संस्था को आजीवन सदस्य मनविर गुरुङ (ढासा) तथा केन्द्रका परिकल्पनाकार समाज सेवी महेश गुरुङबाट शुभ कामना मन्तब्य राख्नु भएको थियो । सोही अवसरमा श्रीमती डिल माया गुरुङ्गबाट सस्थालाई नगद रु. ५ हजार सहयोग प्रदान गर्नु भएको थियो ।

केन्द्रका अध्यक्ष क्या.थमन थापाको अध्यक्षतामा सम्पन् कार्यक्रममा स्वागत उपाध्यक्ष श्रीमती माया गुरुङ र कार्यक्रमको संचालन सचिव ज्ञान बहादुर थापाले गर्नुभएको थियो ।

Facebook Comments