बचत तथा ऋण सहकारी संस्थाहरूले अधिकतम १५ दिनसम्म कर्मचारी जगेडामा राख्न पाउने

निराजन पौडेल अनलाइन अन्नपूर्ण
पोखरा १३ बैशाख

कोरोना संकमणको कारणले बचत तथा ऋण सहकारी संस्थाहरूले नयाँ कार्यक्रम संञ्चालन गन नसक्ने अवस्था भएमा दश जना भन्दा बढि कमचारी भएको सस्थांहरूले अधिकतम १५ दिनसम्म कर्मचारी जगेडामा राख्न पाउने भएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन)ले महामारीमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न र जनशक्तिको व्यवस्थापनलाई सरलीकृत गर्न सहकारी संघसंस्थाहरूमा जनशक्ति तथा सुशासन व्यवस्थापन मार्गदर्शन– २०७७ जारी गर्दै उक्त व्यवस्था गरेको हो ।
मार्गदर्शनका अनुसार महामारीको समयमा काम गर्ने जनशक्तिहरूका लागि आवश्यक आधारभूत स्वास्थ्य सुरक्षा (पिपिई, स्यानिटाइजर, मास्क, चस्मा, सुरक्षित कार्यस्थल)को प्रबन्ध गर्नुपर्नेछ ।

महामारीको समयमा कार्यस्थलमा नियमित खटिने कर्मचारीहरूको थप बिमा, प्रोत्साहन भत्ता, यातायात साधन, आवागमन अनुमति प्रबन्ध, आवश्यक सञ्चार खर्चजस्ता न्यूनतम व्यवस्था गर्नुपर्नेछ । गर्भवती महिला, नियमित औषधि सेवन गरिरहेका जनशक्तिहरूलाई महामारीको समयमा परिचालन गर्न पाइने छैन ।नियमित काममा रहेको समयमा कर्मचारीहरूमा स्वास्थ्य समस्या देखिएमा सो समस्या समाधान गर्दा भएको खर्च संस्थाले नै व्यहोर्नुपर्नेछ । संस्थाको दैनिक क्रियाकलापलाई नियमित गर्न मुख्य जिम्मेवारीमा रहेका व्यक्तिहरू कार्यालयमा उपस्थित हुन नसक्ने अवस्थामा अख्तियारी प्रत्यायोजन गर्नुपर्नेछ ।

बचत तथा ऋण सहकारी संस्थाहरूको बचत लकडाउनका कारण ऋणात्मक भएमा कर्मचारीको सुविधा कटौती गर्न पाउने भएका छन् । नेफस्कुनले जारी गरेको मार्गदर्शनका अनुसार कर्मचारीहरूको आधारभूत तलबमान (तलब स्केल र ग्रेड)बाहेक अन्य सुविधाहरू पुनरावलोकन गर्न सकिनेछ ।महामारीको अवस्था, सरकारको निर्देशन, स्थानीय तह र प्रशासनले जारी गरेका निर्देशनहरू, सहकारी सञ्जालको मार्ग्निर्देशन नियमित अध्ययन र विश्लेषण गरी आवश्यक समन्वयमा सेवा प्रवाहका विधि तय गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

Facebook Comments