फोटो फिचर : हिमाली जडिबुटी खाएका च्याङग्रा निकै चोपिलो

आरजू/पोखरा, असोज २०

ग्राहकले ज्यादै घटिघटाउ गरेपछि टाउकोमा हात राखेका यि युवक

व्यापारीले दशैंलाई मध्यनजर गर्दै दशैंको १५ दिन अगाडी नै पोखरा आसपासमा उच्च हिमाली क्षेत्रबाट भेडा च्याङग्रा ल्याउने गर्छन् । यो पािल पनि त्यसै गरे । यसरी ल्याईनेमा चीनको तिव्वतबाट सेती, कर्णाली हुँदै र र मुस्ताङमा कोरला क्षेत्रबाट ल्याउने गरिन्छ । कति त मुस्ताङका चौंरी खर्कहरुमा हुर्के बढेका पनि हुन्छन् । किनकी मासुका पारखि भन्छन् :”स्थानिय चरण क्षेत्रका भेडा च्याङग्राको मासु निकै चोपिलो हुन्छ, त्यसैले माग वढि र मोल पनि वढि लिने गर्छन् ।”

मोल मोलाई र कसिकसाउ हुँदैछ

पोखरामा भेडा च्याङग्राको व्यापार वर्षमा दशैंको बेलामा विशेष रुपले हुन्छ । हिमाली जडिबुटी खाएका, जडिबुटिको चरण क्षेत्रमा हुर्किएका भेडा च्याङग्राको माग यहि बेलामा ह्वात्तै बढ्छ भने घटस्थापनादेखि अष्टमीको साँझसम्म व्यापारीले मोल पनि कसेर लिने गर्छन् । यो पालि पोखरामा ३५ हजारसम्मको च्याङ्ग्रा बिक्रि भएका छन् । सामान्य मूल्य १५ हजार देखि मझ्यौला भेडा च्याङग्रा २२ हजार र माथि २७ देखि ३५ हजारसम्मका भेटिएको छ ।

एउटाले लिए, अर्कोले छामछुम गर्दै

सरकारले काठमाडौंमा जिउँदो खसि प्रति मूल्य ५५० र च्याङग्राको ७५० तोकेर ग्राहकलाई मूल्यमा मार नपर्नेगरि किनबेचको व्यवस्था गरेपनि पोखराको सिमपानी, हेम्जा, फेदी क्षेत्रमा राखिएका भेडा च्याङग्रा व्यवसायी र स्थानिय, प्रदेश सरकारले त्यसो गरेको पाईएन । अष्टमीसम्म त उनिहरुले तोकेको मूल्य लिए । तर घटिघटाउ नगर्ने मनसि्थतिमा रहेका व्यवसायी नवमीको बिहानबाट भने मूल्यमा केहि लचक भएका देखिए ।

ग्राहकको बार्गेनिङ पनि दरो हुने र हिमाली क्षेत्रबाट आएका भेडा च्याङग्राको लागि चरण, मौसम, खानपान फरक पर्ने, चीसो लागेर बिरामी हुने, पातलो दिशा गर्न थालेपछि निकै कम सस्तोमा बेचेर पनि जानुपर्ने व्यवसायी बताउँछन् । बेसरी पेट लाग्यो भने के गर्ने ? “कि त खोला खोल्सातिर खसालि दिनु पर्यो कि त कोहि किन्ने आए मूल्य घटाएर दिनुको विकल्प छैन ।”

यि भेडाको मोल २१ हजारमाथि छ
भीर पहरामा पनि टक्क अडिन सक्ने क्याब बात्

Facebook Comments