फोटो फिचर {Photo Feature}जीवन्त भईरहोस् नेपाल चीनबिचको सम्वन्ध ।

photo:onlinekhabar.com

२०७६/०६/१५ शनिवार

चिनियाँ राष्ट्रपति सि चिनफिङ आज नेपालको राजकीय भ्रमणमा आएपछिका तस्विरहरु । जीवन्त भईरहोस् नेपाल चीनबिचको सम्वन्ध ।

राष्ट्रपति सीको स्वागतमा मन्त्रिपरिषद्
काठमाडौँ, २५ असोज (रासस)
चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै मन्त्रिपरिषद्का सदस्य तथा संवैधानिक अंगका प्रमुखहरु । तस्वीर ः नवीन पौडेल
राष्ट्रपति सीको स्वागतमा बालबालिका
काठमाडौँ, २५ असोज (रासस)
चीनका राष्ट्रपति सी चिनफिङ शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपस्थित बालबालिकाको स्वागत अविवादन ग्रहण गर्नुहुँदै । साथमा राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर ः नारायण ढुङ्गाना
राष्ट्रपति सीलाई स्वागत गर्दै प्रधानमन्त्री ओली
काठमाडौँ, २५ असोज (रासस)ः
चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर ःरत्न श्रेष्ठ
राष्ट्रपति सीलाई राष्ट्रपति भण्डारीद्वारा स्वागत
काठमाडौँ, २५ असोज (रासस)
चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । राष्ट्रपति भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी दुई दिने नेपालको राजकीय भ्रमण
राष्ट्रपति सीद्वारा नेपाली सेनाको सम्मान गारत निरीक्षण
काठमाडौँ, २५ असोज (रासस)
दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाको सम्मान गारत निरीक्षण गर्नुहुँदै । तस्बिर ः नवीन पौडेल
राष्ट्रपति सीको स्वागतमा कलाकार
काठमाडौँ, २५ असोज (रासस)
चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार काठमाडौँको सोल्टीमोडमा स्वागतका लागि लामबद्ध कलाकार । तस्वीर ः प्रदीपराज वन्त, रासस
चिनियाँ राष्ट्रपतिको स्वागतार्थ विद्यार्थी
काठमाडौँ, २५ असोज (रासस):
चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विभिन्न भेषभूषामा सजिएका विद्यार्थी । तस्बिरः नारायण ढुंगाना
photo:ratopati
Facebook Comments