“फूलको खेतीबाट आत्मनिर्भर बन्न सकिन्छ, विदेश जानु पर्दैन ।” -दया कुमार द्वा (video/photo)

video:arju

आरजू/पोखरा, कात्तिक ०७

उज्यालोको पर्व, दिदिहिनी दाजुभाईबिचको अटुट सम्वन्ध भएको पर्वको अवशरमा दाजुभाईको गलामा सुहाउने सयपपत्री फूलको नालिबेली ।

पोखरा सिद्धार्थचोकमा बिगत १५ वर्षदेखि गोल्डेन नर्सरी संचालन गर्दै आउनु भएका दया कुमार द्वा भन्नुहुन्छ :“फूलको खेतीबाट आत्मनिर्भर बन्न सकिन्छ, विदेशमा कमाउन जानु पर्दैन ।” पहिले पहिले भारतबाट विशेषगरि दीपावलिको अवसरमा सयपत्री र मखमली आयात गर्नुपथ्यो तर अहिले घटेको छ ।

दया कुमार द्वा (गोल्डेन नर्सरी):aarju
दया कुमार द्वा (गोल्डेन नर्सरी):aarju
दया कुमार द्वा (गोल्डेन नर्सरी):aarju
दया कुमार द्वा (गोल्डेन नर्सरी):aarju
सयपपत्री फूल:aarju
फोन पनि आईरहेको छ :aarju

कास्कीमा झण्डै ३८ नर्सरीबाट उत्पादन भईरहेका फूलहरु खपत भईरहेको छ भने नपुग मात्र आयात हुने गर्छ । तर सरकारले यो एउटा महत्वपूर्ण कृषि पेशा हो भन्ने ठानेर अन्य कृषिवालिमा दिएको जस्तो अनुदान दिएको छैन, हामीलाई दुःख लागेको छ ।

मैले मेरो नर्सरीमा ८ जनालाई काम दिएको छु, अरुमा झन् वढि होला, यसैबाट छोराछोरीलाई राम्रो शिक्षा दिक्षाको व्यवस्था मिलाएको छु भने घर व्यवहार चलाएको छु । द्वाले भन्नुभयो:यो पालि दीपावलीको समय पनि भएर होला विराटनगर, चीतवन लगायतका जिल्लाबाट सयपत्री फूलको माग आएको छ, फोन पनि आईरहेको छ, पठाउँछु ।”

Facebook Comments