पोखरा महानगरपालिकामा धर्ना/नाराजुलुस, फुटपाथ हटाउनु पहिले रोजगार, कि ठाउँ देउ(video)

अअ/पोखरा, कात्तिक २०-पोखराका फुटपाथका व्यापारीले आज पोखरा महानगरपालिका अगाडी धर्ना तथा नाराजुलस् गरेका छन् ।

photo:sabin

महानगरपालिकाले विकल्प नदिएर आफुहरुलाई ७ दिनभित्र हट्न दिएको अल्टिमेटमप्रति आपत्ति जनाउँदै फुटपाथे व्यापारीले विरोधस्वरुप महानगरपािलका अगाडी धर्ना तथा नाराजुलुस गरेको बताएका छन् ।

“हामीले पनि पेट पाल्नै, पर्यो, परिवार धान्न पर्यो, हामी कहाँ जाने ? न केहि रोजगार छ, कि त रोजगार देउ, कि उपयुक्त ठाउँ देउ, नाराजुलुसमा सहभागि महिलाले भने :“आफुहरुलाई हतासमा हटाउन लागियो, हटाउनु अगाडी उपुयुक्त व्यवस्थापन गरीयोस्, सडकमा जाने हाम्रो चाहना होईन, वाध्यता हो ”

पोखराका मुख्य बजार केन्द्रहरुमा फुटपाथलाई अतिक्रमण गरी व्यापार, व्यवसाय गरेको पाइएपछि त्यसलाई हटाउन पोखरा महानगरपालिकाले कात्तिक १७ मा ७ दिने अल्टिमेटम दिएको थियो ।

video:sabin

विशेष गरी पोखराको महेन्द्रपुल, पालिखेचोक, चिप्लेढुंगा, सिद्धार्थचोक, न्युरोड, पृथ्वीचोक, सिर्जनाचोक, बिरौटा, बगर लगायतका बजार क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुले फुटपाथ अतिक्रमण गरेको भन्दै त्यसलाई हटाउन महानगरले सात दिने अल्टिमेट दिएको हो ।

र यो पनि पढौं : http://onlineannapurna.com

Facebook Comments