फिस्टेल हस्पिटलद्धारा सार्दीखोला स्वाश्थ्य चौकीलाई स्वाश्थ्य उपकरण हस्तान्तरण

अनलाइनअन्नपूर्ण/२८ पुस, पोखरा-फिस्टेल हस्पिटल प्रा.लि पोखराले सार्दीखोला स्वास्थ्य चौकीलाई विरामी शैया, आइभि स्याण्ड , र अटोस्केप प्रदान गरेको छ ।

फिस्टेल हस्पिटलका अध्यक्ष डा.भोला श्रेष्ठले सार्दीखोला स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङलाई आइतवार एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नुभएको हो । १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित कार्यक्रममा ति उपकरण हस्तान्तरण गरिएको हो ।

समितिका अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा डा.श्रेष्ठले स्वास्थ्य चौकीको सेवा सुधार गर्न हस्पिटलको सधै सहयोग रहिरहने वताउनु भयो । अध्यक्ष गुरुङले हस्पिटललाई यसैगरी स्वास्थ्य चौकीको सेवा प्रवाहमा सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वाश्थ्य चौकी प्रमुख अनिता घिमिरे र अहेव शिव केसीले फिस्टेल हस्पिटलले सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा फिस्टेल हस्पिटलका निर्देशक अशोक पालिखेले नर्सिङ कलेजले पनि समुदायमा गएर सेवा गर्न सघाउने विश्वास दिलाउनु भयो सोही कार्यक्रममा स्थानिय कृष्णप्रसाद गौतमले पनि स्वास्थ्य चौकीलाई इएनटी सेट हस्तान्तरण गर्नुभएको थियो ।

Facebook Comments