प्रेस युनियनको महाधिवेशन चैत २१ र २२ गते नेपालगञ्जमा

काठमाडौं माघ ७ । लोकतान्त्रिक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशन आगामी चैत २१ र २२ गते नेपालगञ्जमा हुने भएको छ।

मंगलबार चितवनमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो।यसअघि गत मंसिर २७ गतेका लागि तय गरिएको महाधिवेशन कुनै सूचना बिनै स्थगित भएको थियो।२०७१ भदौमा पोखरामा भएको महाधिवेशनले ४ वर्षे कार्यकालका लागि बद्री सिग्देलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।

प्रेस युनियनको ४ वर्षे कार्यकाल गत भदौमै सम्पन्न भए पनि एक वर्ष म्याद थप्न पाईने अधिकार विधानमा रहेकाले त्यसको झण्डै ६ महिनापछि चैतमा लागि म्याद तोकिएको छ।नेपाली कांग्रेस निकट पत्रकारहरु संगठन नेपाल प्रेस युनियन २०४८ सालमा प्रजातान्त्रिक धारका पत्रकारहरुको ट्रेड युनियन संगठनका रुपमा स्थापना भएको हो।

साथै अन्तर्राष्ट्रिय पत्रकार महासंघ र अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघबाट पनि सबैभन्दा पहिले मान्यता प्राप्त गरेको संगठन हो। नेपाल समय

Facebook Comments