प्रहरी चौकीमा बम, प्रहार डिउटीमा रहेका प्रहरी जवान घाइते

गौर कार्तिक २६ । रौतहटको इशनाथ नगरपालिका–४ स्थित मठिया प्रहरी चौकीलाई लक्षित गरी प्रहार भएको बम लागेर एउटा बाख्रा मरेको छ ।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेट ०५एच६५०९ नम्बरको मोटरसाइकलमा आएका २ व्यक्तिले मठिया प्रहरी चौकीलाई लक्षित गरी सुतली बम प्रहार गरेका थिए ।

बम प्रहारबाट डिउटीमा रहेका प्रहरी जवान घाइते भएका छन् ।

घाइते हुने प्रहरी जवानमा महानगरीय सशस्त्र प्रहरी अनाश्रीत गुल्म–२ काठमाडौंमा दरबन्दी भइ मठिया प्रहरी चौकीमा कार्यरत रञ्जित कुमार यादव छन् ।

उनको काखीदेखि तिघ्रासम्म चोट लागेको छ ।प्रहरी चौकीलाई लक्षित गरी प्रहर गरिएको बम विस्फोट हुँदा प्रहरी चौकी नजिकै चउरमा चरिरहेको बाख्रा मरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बम विस्फोटमा प्रयोग भएको मोटरसाइकलका चालक भारतको ढाका घर बताउने २५ वर्षी चन्दन कुमारलाई पक्राउ गरेको छ ।

बम विस्फोट भएको प्रहरी चौकीदेखि करिब १ किलोमिटर दक्षिणतर्फ नेपाल भारत सीमा क्षेत्रबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकीमा बम आक्रमण भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट एकजना प्रहरी निरीक्षक इन्सपेक्टर को कमाण्डमा १० जनाको टोली परिचालन गरिएको जनाइएको छ ।

मठिया प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी कर्मचारीका अनुसार मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा प्रहरी चौकीमा विस्फोट भएको हो । खबरहब

Facebook Comments