प्रहरीका इन्सपेक्टर ९० हजार घुससहित पक्राउ

जनकपुरधाम १३ मंसिर । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत एक जना प्रहरी निरीक्षक ९इन्सपेक्टर० घुस लिँदा लिँदै पक्राउ परेका छन् ।

ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग लिएको घुससहित इन्सपेक्टर रामकिशोर साह ९० हजार घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्याल्यबाट खटिएको टोलीले साहलाई घुस लिँदा लिँदै पक्राउ गरेको हो ।साहलाई जनकपुरबाट पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो खबरहब ।

Facebook Comments