प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली उपचार सकी ग्रान्डी अस्पतालबाट विहीबार अपरान्ह डिस्चार्ज भएका छन् ।

बुधबार मिर्गौलाको डायलासिस गराउन पुगेका प्रधानमन्त्री ओलीको विहीबार पनि डायलासिस गरिएको थियो ।प्रधानमन्त्रीको उपचार सफलताका साथ गरी डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा। चक्रराज पाण्डेले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

ओलीले केही दिन धपेडी नगरी आराम गर्नुपर्ने हुन सक्छ । अवस्थाअनुसार दुई चार दिनमा नियमित चेकजाँच समेत गराउनुपर्ने हुनसक्छ ।

Facebook Comments