प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको खर्च ६ लाख रुपैयाँ

काठमाडौं ३० फाल्गुन

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा ६ लाख रुपैयाँसम्म खर्च भएको हुनसक्ने त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि १२ दिन अस्पतालमा बसेका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण र अस्पताल बसाइको खर्च ६ लाख सम्म हुनसक्ने त्रिवि शिक्षण अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले खबरहबलाई जानकारी दिए ।

‘हामीले हिसाब निकाल्न बाँकी नै छ, तर सामान्यतया मिर्गौला प्रत्यारोपण गरेका बिरामीको उपचार खर्च ६ लाखसम्म आउँछ,’ डा खड्गाले खबरहबसँग भने, ‘प्रधानमन्त्रीको भनेर हामीले एक्स्ट्रा लिने कुरा भएन, प्रधानमन्त्रीज्युको उपचार खर्च पनि ६ लाख सम्म नै आउन सक्छ ।’डा खड्गाले प्रधानमन्त्री ओलीको उपचार खर्चको हिसाब गरेर छिटै सार्वजनिक गरिने पनि बताए ।

Facebook Comments