प्रधानमन्त्रीले छिटो–छिटो समस्या देखिन थाल्यो भन्नुभयो स् प्रचण्ड

काठमाडौं १४ कात्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ग्रान्डी अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

दोस्रो पटक मिर्गौलाको डायलासिस गरेपछि भएको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा छिटो छिटो समस्या देखिन थालेको सुनाएको उनले बताए ।

‘अरु अवस्था सामान्य छ, भरेसम्म डिस्चार्ज हुन सक्छ’, प्रचण्डले भने,‘अन्य अवस्थाका बारेमा भोली भेट भएपछि कुरा बुझ्नेछौं ।’ दैनिक नेपाल

Facebook Comments