प्रदेश ३ को स्थायी राजधानी हेटौंडा

पुस २७ । प्रदेश (३ को स्थायी राजधानी हेटौंडा कायम भएको छ। प्रदेशसभामा भर्खरै सम्पन्न मतदानबाट स्थायी राजधानी हेटौंडाको पक्षमा १ सय ५ मत आएको हो भने विपक्ष अर्थात् काभ्रेको धुलिखेलमा ३ मत आएको छ।

स्वतन्त्र सांसद प्रेम तामाङले भने नाम र राजधानी दुवैमा नो भोट जनाएका थिए। प्रदेशसभामा १३ जिल्ला मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखाका गरी १ सय १० जना प्रदेश सभासदस्य रहेका छन्।

प्रदेश(३ मा पहिलो हुने निर्वाचनबाट निर्वाचितबाट ६६ जना, समानुपातिकबाट ४४ जना, दलगततर्फ तत्कालीन नेकपा एमालेबाट ५७ जना, तत्कालीन नेकपा माओवादी केन्द्रबाट २३ जना, कांग्रेसबाट २२ जना, विवेकशीलबाट ३ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, राप्रपा संयुक्तबाट १ जना, राप्रपाबाट १ जना, स्वतन्त्र १ जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहेको छ। यसअघि धुलिखेलको लागि भएको मतदानमा १०१ विपक्षमा र काभ्रेको पक्षमा ३ मत आएको थियो। thhakhabr

Facebook Comments