प्रदेश ३ को नाम बाग्मती राख्ने नेकपाको निर्णय

काठमाडौं १३ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी९नेकपा० ले प्रदेश नम्बर तीनको नाम बाग्मती राख्ने निर्ण गरेको छ ।आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश तीनको नाम बाग्मती र राजधानी हेटौडा राख्ने सहमति गरेको हो ।

बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।‘प्रदेन नम्बर तीनको नाम बाग्मती राख्ने बारेमा सहमति भएको छ’ नेकपाका एक सचिवालय सदस्यले भने,‘राजधानी अहिले हटौंडामा छ त्यसलाई नचलाउने कुरा भएको छ ।’

राजधानीको वियषयमा विवाद देखिएपछि प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।प्रदेश ३ मा नेकपाको बहुमत भएपनि दुई वर्षदेखि नाम र प्रदेश राजधानीको बारेमा सहमति जुट्न सकिरहेको थिएन । खबरहब

Facebook Comments