प्रदेश सरकार केन्द्र र स्थानिय सरकारबाट डराउनु/तर्सिनु पर्ने अवस्थामा छ : मन्त्री पुन

आरजू विष्ट सल्यानी/अनलाईन अन्नपूर्ण
पोखरा, असोज १७-गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश सरकार केन्द्र सरकार र स्थानिय सरकारबाट डराउनु पर्ने र तर्सिनु पर्ने अवस्थामा रहेको बताउनु भएको छ । माथि र तलको सरकारको बिचमा रहेर सिमित वजेटले काम गर्दै समन्वय पनि गरिरहेको बताउनुु भयो ।

नेपाल रेडक्रस सोसाईटी कास्कीले क्षेत्रीय रक्तसंचार सेवा रामघाटमा स्थापना गरेको अत्याधुनिक शीत कक्ष शुभारम्भ र शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि मन्त्री पुनले हाम्रो सोंच भौतिक विकासलाई देख्ने र मानिवय सेवाको विकासलाई नदेख्ने परिपाटी अझैं रहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो ः”साह्रै कम वजेट भएता पनि रक्तसंचारको सवलिकरणको लागि मन्त्रालयको तर्फबाट सहयोग भएको छ, पछि पनि हुन्छ, कुरो क छ भने, प्रदेश सरकार बिचमा छ, केन्द्र र स्थानिय सरकारबाट डराउनु पर्ने तर्सिनु पर्ने अवस्था छ ।”

नागरिकलाई गुणस्तरीय सेवा दिनका लागि नागरिकको स्वस्थताको लागि अभियानको रुपमा एकिृत स्वास्थ्य अभियान अन्र्तग विद्यालय स्वास्थ्य अभियान चलाएको स्मरण गर्नुभयो । तर यो वर्ष उक्त कार्यक्रमको वजेट कट्टा भएको छ । नागरिकलाई रोग नै लाग्न नदिने अवस्थाबाट जोगिन अभियान चलाउने योजना रहेको बताउनु भयो । साथै मन्त्री पुनले अगामि वर्षमा गण्डकी प्रदेशका सबै नागरिकको स्वास्थ्य जाँच अभियान चलाउने जानकारी दिनुभयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धि बहादुर थापाले शीत कक्ष संचालनमा ल्याएर रेडक्रस कास्कीले गरेको कामको प्रशंसा गर्दै मानविय सेवामा अनवरत लागिरहेको संस्थाको रक्तसंचारको काम सरकारले चलाउने बारेमा सोच्न नसकिने बताउनु भयो । उहाँले भन्नुभयो ः”पहिले एउटा प्योकटले एउटा विरामीलाई बचाउन सकिने अवस्था थियो, अहिले अत्याधुनिक मेशिनको कारण रक्त तत्व छुट्याएर चार पाँच जनलाई बचाउन सकिन्छ ।”

रेडक्रस कास्कीका सभापति डोलराज पाण्डेले शीत कक्ष निर्माणको लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट गएको वर्ष १० लाख प्राप्त भएको र बाँकि रकम थप गरेर २१ लाखमाा स्थापना गरिएको बताउनु भयो । उहाँले कास्की रेडक्रसलाई विभिन्न तह र तप्काबाट सहयोग भईरहेकोले मानविय सेवामा लागिरहन आत्म वल वढेको बताउनु भयो ।

कार्यक्रममा रेडक्रस कास्कीका पूर्वसभापति रामप्रसाद ज्ञवाली, वर्तमान उपाध्यक्ष कृष्ण तिमिलि्सना, महामन्त्री धर्मराज अधिकारी लगायतले मानवय सेवा र विजया दशमी, दीपावली, नेपाल संवत, छठ लगायतका पर्वको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

Facebook Comments