प्रदेश सरकारले वारजोन स्थापना गर्ने

दीननाथ बराल पोखरा ३०, कात्र्तिक । गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा वारजोन स्थापना गर्ने भएको छ । संसदीय पत्रकार मञ्च, गण्डकीको प्रथम साधारण सभाको शनिबार पोखरामा उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले हरेक जिल्लाको गतिविधि जानकारी लिनको लागि अब छिट्टै वारजोन स्थापना गर्ने भएको बताएका हुन्।

यू.एन.डी.पी.को सहयोमा प्रदेशका जिल्लाहरुमा वारजोन स्थापना गर्ने भएको उनले जनाए । बताए । प्रदेशका सभामुखहरुको भेला हुने भएको सभामुख अधिकारीले बताए । ७ वटै प्रदेशका सभामुख तथा उप—सभामुखहरु बिचको भेला हुने भएको उनले बताए । श्रमजिबी पत्रकारहरुको विधयक आएको भए पनि हालसम्म पास हुन नसकेको सभामुख अधिकारीले बताए ।

श्रमजिबी पत्रकारको जटिल समस्या रहेको उल्लेख गर्दै सभामुख अधिकारीले प्रदेश सभाको तर्फबाट संसदीय पत्रकारहरुको हकमा सहयोग गर्न सकिने जनाए ।

अब सामुहिक हिसावले बसेर श्रमजिबी पत्रकारलाई सेवा सुविधा दिने यस बिषयमा छलफल गर्नुपर्ने उनले जनाए । बजेट माथिमा भर पर्ने भएकोले गर्दा कतिपय योजनाहरु बजेटको कारण प्रभावित हुने उनले गुनासो गरे ।

संसदका कुनै पनि गतिविधिका सुचना पाउने अधिकार पत्रकारलाई भएको सभामुख अधिकारीले बताए । उनले भने “संसदीय पद्धती, संसदीय व्यबस्थामा संसद सर्वमान्य हुदैछ, अब संसदीय पत्रकार पनि सर्व मान्य हुनु पर्छ , यसमा पत्रकारले बस्तुगत, यथार्थपरक, तथ्यपरक बिषय बस्तु जनता माझ दिन सक्नुपर्छ । ”

नेपाल पत्रकार महासंघ गण्डकीका सचिव इन्द्र पौडेलले कर्मचारी तन्त्रले संघियता कान्वयनमा असर पारेको आरोप लगाए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारका धेरै संघ संस्था भए पनि पत्रकारको हकहित र उनीहरुको क्षमता अभिबृद्धि गर्ने काममा खासै ध्यान नपुगेको बताए । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले विट पत्रकारिताको माग बढि राखेको अबस्थामा दक्ष पत्रकारको कमी भएको बताए ।

सञ्चारिक समुह पश्चिमाञ्चलकी अध्यक्ष स्मिता अधिकारीले सरकारी कर्मचारीहरुलाई प्रेस जगतको महत्व बिषयमा प्रशिक्षण गराउनु पर्ने बताइन्। मञ्चका अध्यक्ष लालप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष भरत कोइराला, सचिव विशन क्षेत्री, कोषाध्यक्ष रोहितराज पराजुली लगायतले वोलेका थिए ।

मञ्चमा हाल २१ जना पत्रकार आवद्ध रहेकाछन्। मञ्चले नयाँ सदस्यता समेत खुल्ला गर्ने भएको छ ।

Facebook Comments