प्रदेश प्रमुख सिफारिसमा नेता नेपालको आपत्ति, लिखित असहमति दर्ता गर्ने तयारी

काठमाडौँ कार्तिक १८ । सरकारद्वारा २४ घण्टाभित्र भएका सातै प्रदेश प्रमुखहरुको विवादित शैलीमा बर्खास्ती र नियुक्तिका लागि नाम सिफारिस गर्ने निर्णय पार्टीको विधि र प्रक्रियासम्मत नभएको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्।

उक्त असन्तुष्टि लिखितरुपमा पार्टी सचिवालयमा दर्ता समेत गर्ने तयारीमा रहेका नेपालले आफूसँग छलफल नगरी एकलौटी ढंगबाट प्रदेश प्रमुखहरु चयन गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्। त्यसबाट आफू फेरि एकपल्ट नेतृत्वबाट अपमानित भएको उनले बताएका छन्।देशसञ्चार

Facebook Comments