प्रतिष्ठानको सातौं केन्द्रिय महाधिवेशन पोखरामा सम्पन्न, अध्यक्षमा रमेश बिजी निर्वाचित

पोखरा, मंसिर ९ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौं महाधिवेशन पोखरामा सम्पन्न भएको छ । मंसिर ६ देखि ८ गतेसम्म चलेको महाधिवेशनबाट सर्जक रमेश बिजी अध्यक्ष पदमा विजयी भएका छन् । उनले निकटतम आफ्ना प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतान्तरले पछि पारेका हुन् ।

१३४८ मतदाताहरुमा ११३८ मत खसेको थियो । रमेशले ५८४ मत ल्याउँदा विष्णुले ५४५ मत ल्याए । यस्तै कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा राजु ढकालले ७३७ मत ल्याएर विजयी बने । उनले तारापती सुवेदीलाई हराएका हुन् । सुवेदीको ३७२ मत आएको थियो । सह—कोषाध्यक्ष पदमा इश्वरी प्रसाद भुसाल‘मादले दाई’ ६८० मत ल्याएर विजयी बनेका छन् । उनले प्रतिस्पर्धी घनश्या रिजाललाई भारी मतान्तरले पराजित गरेका हुन् ।

प्रशासनिक सचिव पदमा कृष्ण रेउले विजयी बनेका छन् । रेउलेको ८४६ मत आउँदा निकटतम प्रतिस्पर्धी पुरुषोत्तम थापाको २४५ मत खसेको थियो । प्रतिष्ठानको सचिव खुल्ला पदका लागि सात जना मध्य जीवन दाहाल(७८०),रमेशराज भट्टराई(७३३),कुलेन्द्र विश्वकर्मा(६७७),हरि डाँगी(६२६),प्रचण्ड जि.सी(६०६),बसन्त थापा(५९०), पुष्कल शर्मा(५७३) विजयी भएका छन् । उक्त पदमा १३ जना बिच प्रतिस्पर्धा भएको थियो ।

केन्द्रिय सदस्य महिला तर्फ सात जनामा सम्झना लामिछाने मगर(९१२),जानकी तरामी मगर(८६६),अन्जली अधिकारी(८१०),जुना श्रीष मगर(७९८), अमृता लुङ्गेली मगर(७६१), सरला पाण्डे(७३६), सिता राना(६३२) परेका छन् । महिला सदस्यमा १० जनाबिच प्रतिस्पर्धा भएको थियो ।

खुला केन्द्रिय सदस्य तर्फ सबैभन्दा बढी मत प्राप्त गर्दै गायिका देवी घर्ती विजयी भएकी छिन् । उनले निर्वाचनमा उठेका सबैभन्दा अधिक १०१४ मत ल्याएर विजयी भएकी हुन् । यस्तै उक्त पदका लागि विजयी हुनेहरुमा पी.एन. सापकोटा(८७१), प्रकाश सपुत(७८५),पुरुषोत्तम भण्डारी‘पुर्खे बा’(७७९), प्रकाश भट्ट(७५४),याम क्षेत्री(७३१),विमल अधिकारी(७२३),महेन्द्र गौतम(६९९),दिपक गरौजा मगर(६३०ं),सागर गुरुङ(५६६),विक्रम थापा(५२८),युवराज मगर(५२५) रहेका छन् । २० जना प्रतिस्पर्धीहरुबिच उनीहरुको प्रतिस्पर्धा भएको थियो ।

यस्तै, केन्द्रिय सदस्य भुगोल गण्डकी तर्फ तारानाथ आचार्य ३९७ मत ल्याएर विजयी भएका छन् । उनले अक्कल विरही गुरुङ र सुरेन्द्र लामिछानेलाई पछाडी पारेका हुन् । केन्द्रिय सदस्य भूगोल सुदुरपश्चिम तर्फ नविन धामी ५९३ मतका साथ विजयी बने । उनका निकटतम प्रतिस्पर्धी नरेन्द्र रावलको ४४७ मत आएको थियो ।

केन्द्रिय सदस्य विदेश शाखा अन्तर्गत रामकृष्ण बम मल्ला र दुर्गा पंगेनी विजयी बने । मल्लले ७६७ मत ल्याए भने पंगेनीले ५५८ मत ल्याएका थिए ।

वरिष्ठ उपाध्यक्ष रिता थापा मगर, प्रथम उपाध्यक्ष पशुपती शर्मा, द्धितिय उपाध्यक्ष रामजी खाँड, महिला उपाध्यक्ष राधिका हमाल पुन, महासचिव सुवास केसी, उप—महासचिवद्वय शंकर विसी र शिव हमाल, सांगठनिक सचिव खुमन अधिकारी, महिला सचिव जमुना राना मगर र सह—कोषाध्यक्ष महिलामा पुर्णकला बिसी यसअघिनै निर्विरोध विजयी भएका हुन् ।

यससंघै निर्वतमान अध्यक्ष बद्री पंगेनीको ३ वर्षे कार्यकाल सकिएको छ । अबको ३ वर्षसम्म रमेश बिजीको अध्यक्षमा प्रतिष्ठानका गतिविधिहरु हुनेछन् । जम्मा ८४.३४ प्रतिशत मत खसेको निर्वाचन समितिले बताएको छ । प्रतिष्ठानका गण्डकी सम्पूर्ण व्यवस्थापनमा उक्त महाधिवेशन सम्पन्न भएको हो । सातौं महाधिवेशनका संयोजक बद्री पंगेनी थिए भने सह—संयोजक सुरेन्द्र गुरुङ थिए ।

Facebook Comments