प्रतिभा माविमा शिक्षक–अभिभावक अभिमुखीकरण सम्पन्न

पोखरा, पुष ५ । पोखराको नदीपुरमा रहेको प्रतिभा माविमा शिक्षक–अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको मनोविज्ञान कसरी बुझ्ने र पढ्नलाई प्रेरित गर्ने भन्नेबारेमा शिक्षक र अभिभावक दुबैलाई अभिमुखीकरण गरिएको विद्यालयले जनाएको छ ।

शिक्षक र अभिभावकलाई प्रशिक्षक उपेन्द्र अधिकारीले सहजीकरण गर्दै विद्यार्थीलाई जबरजस्ती नभई उनीहरुको मनोविज्ञान बुझेर फकाउँदै पढाउनुपर्ने बताए । सो अवसरमा उनले बालबालिकाको मनोविज्ञान कसरी बुझ्ने ? भन्नेबारेमा शिक्षक र अभिभावकहरुलाई टिप्ससमेत दिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथिय मन्तव्य राख्दै विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले बालबालिकाको मनोविज्ञान बुझेर पठाउन सकेमात्र विद्यार्थीले चाहेजस्तो प्रगति गर्ने भएकाले सिकेका कुरा ब्यबहारमा उतार्न आग्रह गरेको विद्यालयकी शिक्षिका निर्मला श्रेष्ठले जानकारी दिइन् ।

सो अवसरमा अभिभावकले राखेका जिज्ञाशा विद्यालयका एक्स्ट्रा करिकुलर एक्टिभिटिज ईञ्चार्ज प्रकाश अधिकारीले मेटाएका थिए ।

Facebook Comments