प्रतिनीधिसभा सदस्यको उपनिर्वाचनमा समाजवादी पार्टी तर्फबाट ईञ्जिनियर धर्मराज गुरुङको बृहत घरदैलो

पोखरा, ३० कार्तिक । मंसिर १४ गते कास्की क्षेत्र नं. २ मा हुन गइरहेको प्रतिनीधिसभा सदस्यको उपनिर्वाचनमा समाजवादी पार्टी तर्फबाट उम्मेदवार बन्नुभएका ईञ्जिनियर धर्मराज गुरुङले चुनावी प्रचार प्रसार अभियानलाई तिव्रता दिनुभएको छ।

मुलुक सिस्टममा सञ्चालन हुन नसक्दा नेपाल धेरै पछि परेको भन्दै मुलुक चलाउने सिस्टम बनाउछु भन्दै उहाँले मतदातासँग मतदानका लागि आग्रह गर्दै घरदैलो कार्यक्रमलाई तिव्रता दिनुभएको हो।

मुलुक नितिले चल्नु पर्नेमा नेताको स्वार्थ अनुसार मुलुक सञ्चालन भएकाले अत्यन्तै धनी देश सबै भन्दा गरिब मुलुक अधोगतितर्फ गइरहेको भन्ने चिन्ता चाहेर गर्दै मुलुकको बर्बादी विगतदेखि शासन सत्ता हाँक्ने काँग्रेस कम्युनिष्टले गरेको भन्दै बैकल्पिक शक्ति समाजवादीको हात चिन्हमा मतदान गर्न उहाँको आग्रह थियो।

शनिवार उम्मेदवार गुरुङले पोखरा १६ बाटुलेचौर र वडा नं. ९ मा घरदैलो गर्नुभयो।यसरी नै वडा नं. ७ र १५ मा पनि चुनावी प्रचार अभियान मतदाता भेटघाट एवम घरदैलो अभियान गरिएको छ।

पोखरा १६ स्थित बाटुलेचौर तमु समाजमा आयोजित कार्यक्रममा उहाँले मन्तव्य व्यक्त गर्नुहुदै जनप्रतिनिधिमा इमान्दारीको खाँचो परेको अवस्थामा इमान्दार नेताको उदाहरण प्रस्तुत गर्न आफ्नो उमेदवारी भएको बताउनुभयो। विगतमा धेरैले मतको दुरुपयोग गरे भन्नुहुदै उहाँले समानता, शुसासन र समृद्धिका लागि आफु प्रतिवद्ध रहेकोमा जोड दिनुभयो।

बाटुलेचौर तमु समाजका अध्यक्ष यमनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टीका प्रदेश इञ्चार्ज गणेशमान गुरुङ, युवा इञ्चार्ज देवीप्रसाद सुवेदी, निर्वाचन परिचालन समितिका संयोजक गिरीप्रसाद गुरुङले मन्तव्य व्यक्त गर्नुहुदै हात चिन्हमा मतदान गरी सक्षम जनप्रतिनिधि चयन गर्न आग्रह गर्नुभयो।

कार्यक्रम संचालन समाजका सचिव ओम गुरुङले गर्नुभएको थियो। उक्त कार्यक्रम पश्चात बाटुलेचौर मैदान, बडहरे टोल, अम्बिका टोल लगायतमा घरदैलो अभियान गरिएको थियो।

यसरी नै पोखरा ९ सिद्धमार्गमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै उम्मेदवार गुरुङले अव्यवस्थित बसोबास गर्नेहरुलाई विगतका पार्टी र तिनका नेताहरु पटक पटक ढाँटेको, लोभलालचमा जीन्दगी बर्बाद बनाइरहेको भन्दै सुकुम्बासीको अधिकारका लागि हात चिन्हमा मतदान गर्न आव्हान गर्नुभयो।

उहाँले भन्नुभयो, राज्यले न्युनतम आधारभुत आवाश्यकता गास, बास र कपासको व्यवस्था सरकारले गर्नुपर्दछ,यो नागरिकको अधिकार हो। बस्नको लागि घर, जीवनचर्याका लागि नोकरी, निशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्थाको सुनिश्चित गर्नुपर्दछ भन्दै उत्पिडित वर्ग समुदायको मुक्तिका लागि आफ्नो उमेदवारी भएको बताउनुभयो।

कार्यक्रममा टोल विकास संस्थाकी प्रतिनीधि बुद्धिमाया पाण्डेले अरु पार्टी धेरै पटक हेरियो, धेरैले आफुहरुलाई ढाँटेकाले इमान्दार उमेदवार धर्मराज गुरुङको हात चिन्हमा मतदान गर्न आग्रह समेत गर्नुभयो।

समाजवादी पार्टी वडा नं. ९ का संयोजक खेमबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा धर्मराज गुरुङ जिताऔं भुपू सैनिक अभियानका संयोजक सुमे.नौबहादुर गुरुङले चुनावी कविता प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन नेता किसन विश्वकर्माले गर्नुभएको थियो।

उक्त सभा पश्चात निर्वाचन परिचालन समितिको वडा नं. ९ को कार्यालय उमेदवार गुरुङले उद्घाटन गर्नुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालन नेता सोमबहादुर नेपालीले गर्नुभएको थियो।

यसै गरी शनिवार नै लखनचोक हुदै नयाँबजार, सिद्धमार्ग, तुलसीघाट, शान्ति बनबाटिका क्षेत्र, प्रदर्शनी मार्ग, हङकङ बजार, पुरानो बसपार्कमा घरदैलो कार्यक्रम गरिएको थियो।

यस्तै गरी पोखरा ७ को राष्ट्रबैंक चोकबाट शुरु भएको घरदैलो कार्यक्रम अन्नपुर्णटोल, रत्नचोक, माछापुच्छ«े टोल, एयरपोर्ट हुदै मुस्ताङचोक सम्म नेताहरु हेमबहादुर थापा, टिकाराम पौडेल, खड्ग गुरुङको अगुवाईमा गरिएको थियो भने वडा नं. १५ मा निर्वाचन परिचालन संयोजक जसबहादुर गुरुङ, नेता क्या.नरेश थापा लगायतको नेतृत्वमा घरदैलो अभियान जारी राखेको छ।

यसैविच सचेत युवाहरुले देशमा भइरहेको अन्याय, अत्याचार, भ्रष्टचार, कमिशनखोर, राष्ट्रियता लगायतका विषयमा पुराना पार्टी र सरकारहरुले गरेका गल्ती र अपराधहरुबाट चोक चोकमा प्रष्ट पार्दै समृद्ध मुलुक निर्माणका लागि हात चिन्हमा मतदान गर्न आव्हान गरेका थिए।

बाटुलेचौर, सिद्धमार्ग चोक, प्रदर्शनी मार्ग, पुरानो बसपार्क, छोरेपाटन र तमुह्युलचोक विरौटामा नेत्र चापागाई, रेशम सापकोटा, दिपक तिमिल्सीना लगायतले विचार व्यक्त गर्नुभएको थियो।

Facebook Comments