प्रतिकुल मौसमका कारण पोखराको हवाई उडान प्रभावित एकै दिनमा करिब ५ सय प्याराग्लाइडिङ उडान समेत प्रभावित पोखरामा ३० मिलि मिटर पानी पर्यो

दीननाथ बराल पोखरा १८, पुष । पश्चिमी वायुका कारण पोखरा सहित नेपालका धेरै ठाउँमा आज (शुक्रबार) दिन भरी जसो हुस्सु लागेसंगै पानी परेका कारण पोखराको हवाई उडान प्रभावित भएको छ ।

प्रतिकुल मौसमका कारण शुक्रबार पोखराबाट हुने गरेका १६ वटा हवाई उडान रद्ध भएको पोखरा नागरिक उड्डयन कार्यालय पोखराका सूचना अधिकारी देवराज सुवेदीले बताए । उनका अनुसार शुक्रबार केही वेर मौसममा परिवर्तन भएसंगै १३ वटा हवाई उडान भएका थिए । तारा एयरले पोखरा देखि जोमसोम हवाई उडान गर्दै आउने क्रममा जोमसोममा भारी हिउँ परेकोले गर्दा पोखरा जोमसोमको ३ वटा हवाई उडान रद्ध भएको सूचना अधिकारी सुवेदीले जनाए ।

त्यसै गरी सिम्रिक एयरको दुई वटा हवाई उडान रद्ध भएको छ भने अन्य यति र बुद्ध एयरको पोखरा काठमाण्डौं, पोखरा भैरहवा र पोखरा भरतपुरको हवाई उडान प्रभावित भएको उनले जनाए । हवाई उडान रद्ध भएसंगै केहीले शनिबारको लागि टिकट सिफ्ट गरेका छन भने केहीले सडक मार्ग हुदै आफ्नो गन्तव्यमा लागे त केहीले मौसम खुल्ने आशमा एयरपोर्ट नजिकै बसेका थिए ।

त्यसै गरी शुक्रबार बिहानै देखि पोखरा क्षेत्रको आकास राम्रोसंग नखुलेर पानी परेको हुदा शुक्रबार हुने भनिएको प्याराग्लाईडिङ समेत प्रभावित भएको छ । अगेंजी नयाँ बर्षको अवसरमा केही पर्यटकहरुको आगमनले गर्दा शुक्रबार करिब ५ सय पर्यटक प्याराग्लाइडिङ गर्न नपाएको हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताए । उनका अनुसार शुक्रबार करिब ५ सय प्याराग्लाईडिङ उडान रद्ध भएको छ । पोखरामा शुक्रबार साहसिक खेल प्याराग्लाईडिङ सहित अल्ट्रालाईट र हेलिकोप्टर उडान समेत प्रभावित भएको छ ।

पोखरामा शुक्रबार ठुलो बर्षा भएको छ । यस बर्षको हिउँदको सबै भन्दा बढी बर्षा शुक्रबार भएको जल तथा मौसम विज्ञान विभाग पोखरा कार्यालयका नायव मौसम विज्ञान सहायक सुरेस खनालले बताए । उनका अनुसार शुक्रबार पोखरामा ३०.० मिलि मिटर पानी परेको छ । शुक्रबार ५ः३० बजे गरिएको मापनमा हिउदको समयमा यस बर्षकै सवै भन्दा बढी बर्षा भएको उनले जनाए । पोखरामा शुक्रबार न्यूनतम ९ डिग्रि सेल्सीएस सम्मको तापक्रम पुगेको खनालले जनाए । गत मंसिर २७ गते पोखरामा २२.२ मिलि मिटर पानी परेको थियो । शनिबार र आइतबार पनि देशका केही ठाउँमा हल्का पानी पर्ने मौसम विदले जनाएकाछन्।

Facebook Comments