प्रकृतिको आराधना र सामथ्र्यको संस्कार : विश्व सिग्देल

आरजू विष्ट सल्यानी :

{आयुद्रोण सुते श्रीयो दशरथे…}
अष्ट चिरञ्जिबी मध्य एक अश्वस्थामामा का बारेमा प्रसस्त साहित्य रचना हिन्दि लगाएत अन्य भारतिय भाषामा प्रसस्त पाइन्छन । महाभारतको युद्धको लगभग उत्तरार्धमा उनको सौर्यको कथा ब्यास समेतले मुक्तकण्ठले प्रसंसा गर्नु भएको छ । युद्धमा पराजित भएका मणि झिकिएका क्षमादान पाएका अश्वस्थामा हत्केला भरी अपमान र प्रतिसोधको भकभकाउंदो भुंग्रो बोकेर सेना सहित कन्दहारको घांटि पार गर्दै दजला र फरात वा युफ्रेटस र टिग्रिस नदीको मैदानमा पुगे, जसलाइ हिजोआज इराक भनिन्छ ।कन्दहार तात्कालिन भारतबर्षको अन्तिम सिमाना थियो, त्यो भन्दा पर पाण्डबहरु पुग्न सक्दैनथे ।

त्यही मलिलो उपजाउ जमिनको मैदानमा उनले राज्य निर्माण गरे ।नयां संमृद्ध सक्तिसाली राज्यको अधिपति भएर बसे । अरबमा पैगंबर हजरत मोहमदको उदय पछी संपुर्ण अरब र फारस क्षेत्रले इस्लाम कबुल त गरे तर भाषिक सामाजिक सांस्कृतिक भिन्नताले अरब र फारसी सभ्यताको द्वन्द कायमै रह्यो , अन्तत त्यो द्वन्दले सिया र सुन्नि संप्रदाएको जन्म दियो ।यजिद भन्ने इराकी सासक त्यही ‘द्वन्दको जगमा अरबी सभ्या समाप्त पार्न उद्धत थियो ।

हजरत इमाम हुसेनलाइ इराकको सासक यजिदले छलकपट र कायरतापुर्ण ढंगले कर्वलाको मैदानमा हत्या गरे पछी इमाम हुसेनको हत्याको बदला लिन अश्वस्थामाकै बंसज राहिब शिब दत्त उनका छोराहरु तथा समर्थकहरुले यजिद बिरुद्ध बहादुरीपुर्ण युद्ध लडे र मैदानमै सहादत प्राप्त गरे ।इमाम हुसेनको सिफारिसमा हजरत मुहमदको अनुकंपाले निसन्तान शिब दत्तले सन्तान राज्य र बैभव प्राप्त गरेको हुंदा उनि इमाम हुसेनका कट्टर अनुयायी थिए, भक्त थिए तर इस्लाम कबुल गरेका थियनन, हिन्दुनै थिए । यिनैका सन्ततिहरु अन्तत हुसेनी ब्राम्हण कहलिए । जुन आजपनि अरब देखि भारत संम फैलिएका छन मुश्लिम र हिन्दु सभ्यताका सेतु भएका छन । संख्यामा न्युन छन, सायद मुस्कीलले लाखको तादातमा होलान । पराजय पछी चिरञ्जिबी मानिएका अस्वस्थामा कहां पुगे, यसबारे महाभारत बोलेको छैन तर उनको त्यपछीको अबस्थाबारे धेरै अनुसन्धान भएको छ, हुंदैछ ।

बिजयादशमीमा पिताजीले अर्थ सहित उपरोक्त श्लोकमा आशिर्बाद दिनु हुन्थ्यो । द्रोणपुत्र अश्वस्थामा दशैंको आशिर्बादमा स्मरण गरिने हुनाले दशैंकै छेको पारेर अश्वस्थामाको भहाभारतले नबोलेको , हिन्दु दर्शन मौन भएको प्रसंग उल्लेख गरें । यो इतिहांस हो बिज्ञान हैन, बहस हुनसक्छ । विश्व सिग्देल

प्रकृतिको आराधना, पूजाले सामथ्र्य र संस्कारलाई उजागर गर्छ

समाजलाई हेर्ने, बुझ्ने र समाज अनुकुलन हुनेगरि बिचार, ज्ञानको प्रवाहको दायरालाई फराकिलो बनाउने मितव्ययिताको सम्वन्ध प्रकृतिबिना संभव नै छैन । प्रकृतिको आराधना, पूजाले हाम्रो सामथ्र्य र संस्कारलाई पनि उजागर गर्ने काम गर्छ । प्रकृतिको एउटा अंश वा अंग म कुशको कुरा गर्छु । कुश मानव जातिका लागि प्राण प्यारो औषधीय गुणकारी बुट बुट्यान हो ।
समाज, संस्कार, संस्कृति र सभ्यताको विकास प्रकृतिसंग हेलमेल हुँदै आएको हो । तर यो संगसंगै हामी आफ्नो सामथ्र्यको विकासमा कहिं न कतै चुदै आयौं वा परसंस्कृतिगमनमा पर्दै आयौं वा जबरजस्त बाह्य संस्कृतिको दवदवामा पर्यौं । जब मानिसमा ज्ञानको जागरण हुन थाल्यो तबबाट प्रकृति पूजिदै आएको हो । मानवका लागि अमूल्य बस्तु भएपछि मानसिले आफनो सोंच, बिचार र सामथ्र्यले त्यसलाई हितकारी मान्दै आयो र पुस्तान्तरण हुँदै आयो ।

के हो कुश र महत्व ?

यो हरेक पूज्य, सुद्ध कर्ममा, शुभ कार्यमा प्रयोग गरिन्छ अर्थात कुश । समाज, प्रकृति, संस्कार र संस्कृतिलाई नजिकबाट नियाल्ने विश्लेषक विश्व सिग्देल कशसंग जोडिएको कुशे औंसी पित्रीप्रति कृतज्ञता व्यक्त गर्ने, सम्मान गर्ने प्रेरणा लिईरहने र दिईरहने परिपाटी एउटा निश्चित संस्कार बनेर आउनु समाजशास्त्र मानवशास्त्रसंग जोडिएको महत्वपूर्ण विषय भएको ठान्नु हुन्छ ।
नेपाली जँहा जहाँ रहेका छन् उनिहरुले पित्रीहरुको मूल्यहरुलाई जीवनमा स्थापना गर्ने, प्रण गर्ने तिथिको रुपमा प्रचलनमा कुशे औंशीलाई निरन्तरता दिए । तर समाज, संस्कृति चाल चलनको कुरा गरिरहँदा हामी अहिले सामाजिक विघटनको अवस्थामा गुजि्ररहेका छौं कि ? त्यसैले हामी हाम्रो पूर्खा र परिवारप्रति, आमाप्रति, पित्रीप्रति कृतज्ञताको भाव घटिरहेको छ कि ? भन्ने चिन्तामा पनि छौं । र पित्रीको स्मरणको लागि पवित्र तिथिलाई रोजेर आईयो । यस्तो चलन अर्थात पित्रीहरुलाई स्मरण गर्ने परम्परा सारा संसारभरि आआफ्नै किसिमको पाईन्छ । चाहे इसाईमा, मुसि्लममा वा अन्य धर्मालमि्वमा पित्रीलाई स्मरण गर्ने दिन विशेष रुपमा प्रचलनमा रहेका छन् ।

पिताको त्याग र बदिानलाई देखेको पाईन्न

हाम्रो देशलाई हामी मातृभूमि भन्छौं । छिमेकि देश चीनले देशलाई पित्रीभूमि भन्छ र कोरीयाले पनि पित्रीभूमि भन्छ । अनि संसारका धेरै देशमा आफ्नो देशलाई पिता पनि भन्छन् । माता भनेको पूर्वि एशियाली देशहरुमा विशेष हिन्दुहरुले भन्ने गरेको पाईयो । के सन्दर्भमा हो भने पिताहरुको महत्व माताहरुको भन्दा कम पनि हुँदैन । फरक के हो भने माताहरुको प्रेम, वात्सल्य र काख बच्चाले पाईरहेको हुन्छ र समाजले देखिरहेको हुन्छ तर पिताले सन्तानको निमित्त खेलिरहेको भूमिकालाई समाजले देखेको हुँदैन । उ परिवारको लागि दिनहुँ खटिईरहेको, काम गरिरहेको, पीडा खेपिरहेको हुन्छ । कारखानामा काम गरिरहेको हुन्छ, खेतमा हुन्छ, कार्यालयमा हुन्छ, श्रम गरिरहेको हुन्छ र उस्ले चुहाईरहेको पसिना, त्याग र बदिानलाई देखेको पाईन्न ।

समाजमा यस हिसाबले माताको भन्दा पिताको भूमिका कम होकि जस्तो देखिन्छ । उखानै छ नि æआमाहरु रुन्छन् बाबाहरु रुदैनन् । आमाहरु रोएर आँशुले पीडालाई पखाल्छन् तर बाबाहरु रुदैनन् बरु पीडालाई थामेर बसिरहन्छन् । छातिभित्र असंख्य पीडाहरु लुकाई सहेका हुन्छन् । भनिन्छ ९० प्रतिशत बाबाहरु पिडाको कारण हृदयघात भएर मृत्यवरण गर्छन् ।
के लाग्छ भने कुनैपनि पिताको मूल्य र योगदान आमाको भन्दा कम हुँदैन भन्ने नै हो । यसको अर्थ आमाको हुन्न भन्ने पनि होईन । एउटा यो कुरालाई स्वीकार गर्नुपर्छ कि संसारमा एउटा मात्रै मान्छे पिताा हो जस्ले छोराछोरीको उन्नतीमा गौरव मान्छ । होईन भने पिता बाहेक सारा जगत कसैको उन्नतीमा ईश्र्या गर्छ र द्वेष राख्छ । बाबा जे बन्न सकेनन् उस्ले छोराछोरी बनाएर ती अपूरा सपनाहरु पूरा भएको महशुस गर्छ । त्यस्तो अद्भूत पिता र सन्तानप्रतिको प्रेम कहिलेकाँहि भन्न मन लाग्छ आमाले दिन सकि्दनन् । यसका कारण पिलाई सम्मान गर्ने, पूर्वजलाई सम्मान गर्ने, प्रेरणा लिने, सधैं आशिर्वाद लिईरहने कामना गर्ने हो ।

प्रकृतिसंगै सभ्यता र संस्कृति

प्रकृतिसंगै जोडिएर हाम्रो सभ्यता र संस्कृतिको पनि विकास भएको देखिन्छ । सिग्देलको मत के छ भने वैदिक मन्त्रहरुलाई अध्ययन स्मरण गर्ने हो भने हरेक वनसि्पतिहरुको आराधनाबाट वेदका ऋचाहरु शुरु हुन्छन् । अन्नको आराधना, रुखहरु, झारपात, माटो, पानी, हिमाल, पाहाड, हावा, फलहरुको आराधनाबाट वेदका ऋचाहरु शुरु हुन्छन् । वेदमा रामायण, महाभारत, भागवत जस्तो ईश्वरका कथाहरु छैनन् । कुनै मिथकहरु पनि छैनन् । सम्पूर्ण वेदको रचना पृथ्वीप्रति, जगतप्रति र हामीलाई पोषण दिने, पालन गर्ने पृथ्वीका यावत संरचनाप्रति वेदमा कृतज्ञता व्यक्त गरिएको छ । एउटा मात्रै लिउँ कुश त्यसैको एउटा विम्व हो । अझैं पनि हामीले पूजाआजा, यज्ञ वा सत्कर्ममा धेरै वनस्पती नभई हुँदैन । एउटा कालखण्ड बितेपछि एउटा संस्कृति बनेर आयो, पूस्तान्तरण हुँदै आयो ।

फेरी पनि कुश अमर प्रतिक ?

वनस्पतीको मर्म कुश हो भने कुश नै किन रोजियो ? भन्ने कुरा, नबुझ्दा नबुझ्दै किन छानियो भन्ने आउला । वनस्पतीहरुको मध्यको एउटा बिम्व हो कुश । वनस्पती मध्यमा कुश अमरताको प्रतिक पनि हो । बडा बडा रुखरुहलाई नष्ट गर्न सकिएला तर कुशलाई सकिदैन र यो हुँदैन पनि हो यो चेत मानवले पत्ता लगायो । आयूर्वेदमा के भनेको छ भने संसारमा कुनै वनस्पती यस्तो छैन जस्मा औषधीय गुण नहोस् । र सम्पूर्ण वनस्पतीको आराधना गर्नुको पछाडीको कारण पनि यहि हो केहि न केहि मानविय हितको गुण छ ।

एक पटक राजा भर्तिहरि …..

एक पटक राजा भर्तिहरि एक पटक वनमा जाने निधो गर्दा दरवारका मान्छेहरुले किन जानुहुन्छ ? वैराज्ञ लिन जाने कुरा गर्नुहुन्छ, के खाएर बाँच्नुहुन्छ ? भन्दा उनले यस्तो भनेका छन् ःæपरमेश्वरले बाह्रै महिना पोषण दिन सक्ने, खाद्य दिन सक्ने वनस्पतीको सिर्जना गरिदिनु भएको छ ।Æ याम अनुसारका खानेकुरा पाईन्छन् । कुनैको फल खाने, कुनैको मुन्टा खाने, कसैको बोक्रा खाने । जतिबेला खेती थिएन, सिकारी युग आएको थिएन त्यो बेला मानिस र प्रकृतिसंगको मितेरी, आति्मएता निकै प्रगाढ थियो । जो बेला वेदको रचना भएका थियो । हाम्रा वनस्पतीले हामीलाई पोषण दिन्छन्, अन्न दिन्छन्, खाना दिन्छन् । एउटा मानक परम्परा, संस्कार कुशसंग जोडिएर आयो र पीतालाई पूजा गर्ने दिनको रुप लियो ।

पर्वले अर्थ क्षेत्रलाई चलायमान बनाउछन्

यसका बारेमा धेरै बहस भईरहेका छन् लोकतन्त्र आएपछि । तीजमा बिकृति आयो, मँैलिक गीतमा विकृति आयो, परम्परा र पहिरणमा विकृति आयो, लवाई खवाईमा विकृति आयो, तीज मनाउने शैलीमा परिवर्तन आयो भनेर तीजको महिमा, तीजको गरिमालाई ध्वस्त बनायो भन्ने कुरा आए । तर यो संगसंगै के कुरालाई बुझ्नुपर्छ भने समयको परिवर्तनसंगै हामी पनि परिवर्तन भएका छौं । हिजो हजुर बाले लगाएको कपडा बाले लगाउनु भएन, बाले लगाएको जस्तो हामीले लगाएनौं । भोलि हाम्रो सन्ततीले हामीले लगाएको नलगाउन सक्छन् । हिजो जस्तो प्रकारको खाद्य संस्कार, संस्कृति थियो, आज फरक भएको छ । भोलि झन फरक भएर आउला । समयको गतिसंगै सबै चिजहरुको परिवर्तन् हुन्छ किनभने संसार परिवर्तनशिल छ ।

संसारको द्वन्दको नियम एकै ठाउँमा सि्थर हुँदैन जो निरन्तर परिवर्तन भईरहन्छ । समय अनुसार परिवर्तन र आवस्यक्ताहरुमा पनि परिवर्तन आयो । खर्चिलो भयो भनेर बहस छ, त्यो होईन । कुरा के हो भने जुन देशको मान्छेले खर्च गर्दैन त्यो देशको अर्थतन्त्र चलाएमान हुँदैन । आर्थिक हिसाबले खर्च गर्नु अर्थतन्त्रलाई चलायमान गराउनु त महत्वपूर्ण कुरा हो नि । पश्चिमाहरुलाई हेरौं उनिहरु हामी भन्दा धेरै कमाउँछन, साँझमा घरमा पुग्दा उनिहरुसंग पैसा कम हुन्छ हाम्रो भन्दा कनिकी अर्थ वजारमा पुगेको हुन्छ । जबसम्म मुद्रा चलायमान हुँदैन त्यस्ले रोजागारी सिर्जना पनि गर्दैन, उत्पादनका साधनको विकासमा सहयोग गर्दैन अन्ततः त्यसको मार उपभोक्तामा पर्छ ।

अहिले जसरी खर्च भईरहेको छ, यस्ले वजारलाई सहयोग, अर्थ क्षेत्रलाई चलायमान गराईरहेको छ । तर कुरो यो पनि आउँछ आफ्नो सामथ्र्य भन्दा वढि खर्च गर्ने कि नगर्ने सवाल मुख्य हो । फेरी सामथ्र्यको परिभाषा हामीसंग स्पष्ट छैन । हामी खुला समाज र अर्थतन्त्रमा छौं । हाम्रो सामथ्र्यको पहिचान हामी आफैंले गर्ने हो राज्यले, दलले, सामाजिक संस्था र स्थानिय सरकारले गर्ने होईन । मेरो सामथ्र्य कति हो, चाडवाडमा कहिले कति खर्च कति गर्ने हो ? त्यो निर्णय आफैंले गर्ने हो । यो बन्द समाज होईन मेरो सामथ्र्य कति हो ? कुन विषयमा कति खर्च गर्ने हो ? हाम्रो निर्णय हामीले गर्ने हो, निर्णयमा चक्यांै भने दणि्डत हुने हामी नै हो । जुन फजुल खर्चको कुरा आएको छ दिनदिनै नाचगान गर्ने, खानपान गर्ने, लवाई खवाईको भन्ने कुरा छ, यस्मा जस्को सामथ्र्य छ उसैले गर्छ खर्च गरेन भने कहाँ खर्च गर्न जाने ? मान्छेका चाहनाहरुलाई पूरा आफैंले निर्णय गर्ने हो, उस्लाई निषेध गर्ने हक न राज्यलाई छ, न प्रशासनलाई, न स्थानिय सरकारलाई छ न दलहरु र सामाजिक संस्थाहरुलाई छ । तर हाम्रा स्वभावहरु मासिदा खेरि हाम्रो संस्कृति मासिनु हुँदैन भन्ने सवाल महत्वपूर्ण हो ।

अबको पुस्ताले के कुरामा सोच्नुपर्ला त ?

अबको पुस्ताले के कुरामा सोच्नुपर्ला त ? एउटा सानो कुरा निवेदन गरौं कि यो पृथ्वी, हाम्रो संस्कृति र मूल्यहरु चौरली पिङ जस्तै हुन, एउटा चक्रमा घुमिरहेको छ । तर अहिले विश्व नयाँ यूगतिर कोल्टे फर्दैछ । आफ्नो संस्कृति, पहिचानको, ईतिहासको खोजि र बिगतको खोजिमा उन्मुख भईरहेको छ । धेरै देशहरु जन्मे, विकासको चरम सिमा नाघे, उनिहरुले संस्कृति जन्माउन सकेनन् बरु धनि भए, उच्चतम् आए आर्जनको हैसियतमा पुगे शकि्त सम्पन्न पनि भए तर संस्कृतिको गरिबीले सारा उनिहरुका उपलवि्धहरु ओझेलमा परेका छन् । कतिपय देशहरु नयाँ संस्कृति बनाउ उद्यत् रहेका छन् । तर करोडौं वर्ष लगाएर बनेको संस्कार, संस्कृति परम्परालाई बिचार, जीवन जिउने मूल्यहरु, साधनश्रोत र ज्ञानले मात्र आर्जन गर्न सकिन्न ।

अहिले चिन्ता भनेको कराडौं वर्षदेखि विकसित हुँदै आएको बिरासत कहिंकतै ध्वस्त नहोस् भन्ने चिन्ता हो । हामीकहाँ जरा काट्ने काम भईरहेको छ, यसो नगरौं हाम्रो धरोहर र बिरासत्लाई जोगाई राखौं । नवदुर्गा भवानीले हामी सबैको रक्षा गरुन । १८ आश्विन २०७६, शनिबार

Facebook Comments