प्याराग्लाइडिङको वल्र्ड कप एसियन टुरको अवसरमा पनि एक घण्टा व्यवसायीक उडान

दीननाथ बराल पोखरा १६, फागुन

प्याराग्लाइडिङ को “वल्र्ड कप एसियन टुर” २०२० तथा १९ औं नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप पोखरामा जारी रहदा दैनिक एक घण्टा व्यवसायीक उडान (टेण्डम फ्लाईट) समेत संचालन भएको छ । उक्त प्रतियोगिताको अवधिमा पोखरा आएका पाहुनालाई प्याराग्लाईडिङ गराउन दिनु पर्छ भन्ने मान्यताका साथ आफुहरुले प्रतियोगिताको अवधिमा दैनिक एक घण्टा टेण्डम फ्लाइट संचालनको अनुमति दिएको हवाई खेलकुद संस्था नाका अध्यक्ष कृष्ण भण्डारीले बताए ।

पोखराको सराङकोटबाट बिहान १० बजे देखि ११ बजेसम्मको लागि व्यवसायीक उडानको समय तालिका दिइएको अध्यक्ष भण्डारीले जनाए । प्रतियोगिता भने बिहान ११ः३० बजेबाट सुरु हुने भएको उनले जनाए । यस अघि पोखरामा संचालन हुने प्याराग्लाइडिङ प्रतियोगिताको अवधिमा पूर्ण रुपमा व्यवसायीक प्याराग्लाइडिङ उडान ठप्प गरिदै आएको थियो । कोरोना भाइरसका कारण पर्यटकीय धेरै ठाउँमा विदेशी पर्यटकहरुको खडेरी लागेको अबस्थामा पोखरामा २० देशका करिब प्याराग्लाईडिङ पाइलट ९० जना हुनु पोखराको लागि ठुलो उपलब्धी भएको नाका निवर्तमान अध्यक्ष योगेश भट्टराईले बताए ।

उनले भने “ नेपाल भ्रमण बर्षलाई यस्ता प्रतियोगिताले थप प्रबद्र्धन गर्नेछ, यस अवसरमा पोखरामा करिब करिब २ सय जना विदेशी पर्यटक हुनु पोखरेलीको लागि खुसिको खवर हो, यसले विश्व बजारमा राम्रो प्रभाव पारेको छ । ”

उक्त प्रतियोगितालाई सफल पार्न नेपाली सेनाको टोलीले प्रतियोगितामा सहभागि देखि रेस्क्यू सम्मको सेवा प्रदान गरेको छ । आफुहरुसंग हेलिकोप्टर, एम्बुलेन्स, चिकित्सक सहितको एक सय १० जनाको टोली प्रतियोगिताको अवधिमा तयारी अबस्थामा रहेको नेपाली सेना खैरेनीटार व्यारेकका प्रमुख सेनानी अर्जुन बस्नेतले बताए । नेपाल भ्रमण बर्षलाई सफल पार्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी उक्त प्रतियोगितामा आफुहरुको पहिलो पटक सहभागिता रहेको उनले जनाए ।

सेनाले क्षेत्र विस्तार गर्न २३ जना प्याराग्लाईीडङको पहिलो चरणको तालिम दिएको र दोश्रो चरणको तालिम दिन लागेको प्रमुख सेनानी बस्नेतले बताए । अर्मला, लाहाचोक÷घाचोक र खोराको मुखबाट भिजुअल सहितको स्क्रिनमा हेर्न मिल्ने गरी ट्याकीङ गरिएको प्रमुख सेनानी बस्नेतले बताए । यही फागुन ११ गतेबाट संचालन भएको उक्त प्रतियोगिता भोलि शनिबारसम्म चल्ने भएको छ ।

Facebook Comments