‘प्याबसन स्पोर्टस मिट–२०७६’ खेलकूदमन्त्री विश्वकर्माले गरे उद्घाटन


पोखरा, १ पुस । निजी विद्यालयहरु को छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको ‘१६ औं प्याबसन स्पोर्टस मिट–२०७६’ को मंगलबार यूवातथा खेलकूदमन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) ले एक भब्य समारोहका विचउद्घाटन गरेका छन ।


सो अबसरमा बोल्दै मन्त्री विश्वकर्माले खेल क्षेत्रको समृद्धी नभई मुलुकको समृद्धीको कल्पनागर्न नसकिने बताए । उनले भने–‘वर्तमान सरकार मुलुकको समृद्धको नारा लाई सफलबनाउन का लागि सरकारले ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका रंगशालाको निर्माण र ७५३ वटै स्थानिय निकायमा खेलग्राम स्थापना हुनुपर्ने कुरालाई विशेष महत्वका साथ उठाएको हो ।’

सरकारले बनाएको सोचलाई मूर्तरुप दिन खेलकुद मन्त्रालय दृढ संकल्पमा साथअगाडी बढेको समेत उनले बताए ।


नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकूद (साग) को सम्पन्न पश्चात प्राप्तउपलव्धीले समाजले खेलकूद क्षेत्रलाई हेर्ने दृष्टीकोणमा परिवर्तन आएको धारणा राख्दै मन्त्री विश्वकर्माले निजी शिक्षण संस्थाहरुले शिक्षा संगै खेलक्षेत्रलाई महत्वका साथ राखेकोमासिंगो शिक्षा र खेलकुद क्षेत्र गर्विलो अनुभवगरिरहेको कुरा उल्लेख गरे ।


शारिरिक र मानसिक प्रतिभा लाई उजागर गर्न खेलकूदको बिकास अपरिहार्य रहेको बताउँदै मन्त्री विश्वकर्माले मुलुकलाई आवश्यक पर्ने दक्षजनशक्ती संगै खेलाडी उत्पादनगर्न यस्ता कार्यक्रम महत्वपूर्ण रहने बताए । ‘खेल क्षेत्रमालागेर केहीहुन्न र भविष्य समेत छैन भनेर पछुतो मान्ने दिन समाप्तभएको’ बताउँदै मन्त्रीविश्वकर्माले खेलक्षेत्र बाटै इतिहास रच्न सकिन्छ र खेलकुदमा भविष्य छ भन्ने कुरा स्थापितगर्न मन्त्रालयले आफ्ना कामहरु अघि बढाएको स्पष्ट पारे ।


पोखरा रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा स्थापितगर्न स्टेडियमको काम छिट्टै सम्पन्न गरि सक्ने बताउँदै मन्त्री विश्वकर्माले अव नवौ राष्ट्रिय खेलकुदका लागि स्विमिङ लगाएत अन्य पूर्वाधार समेतको काम सुरु गरिने बताए ।पोखरा रंगशाला स्थित क्रिकेट स्टेडियमको समेत चाँडैनै काम थालिने उनले बताए ।


सो अवसरमा मन्त्री विश्वकर्माले १६ औं प्याबसन स्पोर्टस मिटको उद्घाटन कार्यक्रम अन्तरगत सम्पन्न मार्च पासमा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने विद्यालयहरु लाई ट्रफी तथा प्रमाणपत्र वितरण गरे । मार्चपासमा सहभागी ४१ विद्यालयमध्ये रेन्वो एकेडेमीप्रथम, नोवेल एकेडेमी द्वितिय, ढुङ्गे साँघु बोर्डिङ स्कूल तृतियभए । त्यसै गरि कन्चन्जंघा बोर्डिङ स्कूल, पोखरा लर्नस, सोसियल पव्लिक र हिमाञ्चल बोर्डिङले सान्त्वना स्थानप्राप्त गरे ।


कार्यक्रममा बोल्दै प्याबसन कास्कीका अध्यक्षपदम प्रसादशर्माले विद्यालयनै खेलाडी उतपादनको मुख्यथलो रहेको स्पष्ट पार्दै सागको आधार र गरिमालाई स्थापितगर्न समेत स्पोर्टस मिट जस्ता कार्यक्रम सहयोगीहुने बताए । उनले नेपालको शिक्षा क्षेत्रमानिजी शिक्षण संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको धारणा समेत राखे ।


कार्यक्रममा प्यावसन कास्कीका वरिष्ठ उपाध्यक्षतथा १६ औं प्याबसन स्पोर्टस मिटका संयोजकमथुरा प्रसादपौडेल, सचिब विष्णु प्रसाद तिमिल्सना लगाएतले बोलेका थिए ।

बालबालिकाको शिक्षामा थपउत्प्रेरणा जगाउनतथा राष्ट्रका लागि खेलाडी उत्पादनगर्न उद्धेश्यले आयोजितप्याबसन स्पोर्टसमा ९६ विद्यालयहरुका ५ हजार १ सय विद्यार्थीहरुले विभिन्न खेलकूदइभेन्टहरुमा सहभागिताजनाएका छन ।
प्रतियोगितामा फुटबल सिनियर तर्फ ६९ टिम, जुनियर तर्फ ५२ र सिनियर छात्रा भलिबलतर्फ १७ टिम छात्र तर्फ २४ र टेबुल टेनिसमा छात्र–छात्रा गरि ३९ विद्यालयहरुको सहभागिता रहेको छ ।


कुल १ सय २ विद्यालय आवद्ध रहेको प्यावसनकास्कीअन्तरगतकाविद्यालयमा७५ हजार भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन भने ७हजार ३ सय शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन । प्रतियोगिता सम्पन्न गर्न २५ लाखलाग्ने प्याबसन कास्कीले जानकारी दिएको छ ।


मंगलबार छात्र–छात्रातर्फ ८०० मिटरको दौड सम्पन्नभएको प्याबसनकास्कीका सहसचिब बेद प्रसाल बस्ताकोटीले जानकारी दिएका छन । सम्पन्न खेलमा छात्रा तर्फ टप्स माबीका सयिबा खातुन मियाले २ मिनेट ५८.२३ सेकेण्डमा दुरि पार पर्दै प्रथमभएकी छन । यसै गरि स्नोभ्यूकीपार्वतीश्रेष्ठले ३ मिनेट ४.६६ सेकेण्डमा दुरि पार गर्दै द्वितिय र भाष्कर मेमोरियलकी सन्जु नेपाली ३ मिनेट ११.४७ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भइन ।


छात्रतर्फ सम्पन्न ८०० मिटरमा विद्या निकेतनका सन्देश ढकालले २ मिनेट १९.७५ सेकेण्डमा दुरि पार गर्दै प्रथम, बेसलाइनका प्रसादअधिकारी २ मिनेट २०.२५ सेकेण्डमा दुरी पार गर्दै द्वितिय र शिसु निकेतनका सुगमथापा २ मिनेट २.२७ सेकेण्डमा दुरी पार गर्दै तृतिय भए ।

Facebook Comments