पोखरा ५ मा शारिरिक व्यायामशाला शुभारम्भ

पोखरा, ६ फागुन ।

पोखरा महानगरपालिका वडा नं ५ बाराही खेल मैदानमा शारिरिक व्यायामशाला निर्माण भएको छ । पोखरा महानगरको आर्थिक सहयोगमा निर्मित शारिरिक व्यायामशालाको उद्घाटन पोखरा महानगरपालिकाका उपमेयर मन्जु देवी गुरुङ्गले मंगलबार एक समारोह बिच गर्नु भयो ।

“स्वास्थ्यलाई ख्याल गर्ने, शरिर स्वस्थ रहने विषय व्याक्तिको जिवनमा महत्वपूर्ण सवाल भएको चर्चा गर्दै उपमेयरले व्यायामशालाको प्रयोग गर्न अपिल गर्नु भयो ।

वडा नं ५ वडा अध्यक्ष धनबहादुर नेपालीले व्यायामशाला निर्माणले नियमित शारिरिक अभ्यास गर्न अनुकुलता थपिएको र स्वास्थ्य चेतनामा अभिवृद्धि गर्ने बताउनु भयो । बाराही वि।व्य।स। अध्यक्ष विष्णु प्रसाद बरालले “नियमित व्यायाम गर्ने बानी बसाल्नु नै व्यायामशालाको उपयोगिता बढ्नु हो ”वताउनु भयो ।

कार्यक्रममा शारिरिक व्यायामशाला संचालन समिति संयोजक उज्वल खत्री, व्यायाम प्रशिक्षक कमल भण्डारीले व्यायामशाला स्वस्थ नागरिकको प्रतिष्ठा भएको बताउनुभयो ।

शारीरिक व्यायामशाला विहान बेलुका खुला रहने र व्यवस्थापनका लागि कर्मचारी व्यवस्था गरिएको छ । साथै ९ सदस्यीय व्यायामशाला संचालन समिति गठन गरिएको छ । व्यायामशालाको लागत खर्च करिव ६ लाख रहेको छ ।

Facebook Comments