पोखरा वडा नं ३-वडाध्यक्ष प्रजुको अगुवाईमा ‘डिसइन्फेक्सन स्प्रे’ गरियो, मास्क र सन्देशमूलक पर्चा वितरण (video)

by-aarju

आरजू-अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र १६

कोरोनाको संक्रमणको जोखिमबाट नगरवासिलाई बच्न बचाउन पोखरा महानगरपालिका वडा नं ३ ले आफ्नो कार्य क्षेत्रभित्र आईतवार “डिसइन्फेक्सन स्प्रे” किटनासक औषधी छर्किएको छ ।

पोखरा वडा नं ३ को कार्यालयबाट बिहान ९ वजे पहिलो चरणमा शुरु गरिएको स्प्रे मणिपाल फूलवारी जाने चोक, कन्या क्याम्पस, क्न्या स्कुल, नदीपुर प्रहरी बीट, वालमन्दीर, प्रदेश सभा गेट, प्रदेश सभा अगाडीको सडक तलको बस्ति, छन्त्याल समाज जाने बाटो, शंकर टोल, गुठीवारि टोल, नदीपुर ठाडो लाईन, नीलगिरी टोल, हमाल टोल नदीपुर मार्ग, शान्ति मार्गमा छर्किएर कन्यामार्गमा मध्यान्ह १२ वजे बिश्राम लिईएको थियो ।

आईतवार नै बेलुका वडा नं ३ को कन्यामार्ग र भिसि मार्गमा किटनासक औषधी छर्किने कार्यक्रम रहेको छ । महानगरपालिकाबाट प्राप्त भएको एउटा र वडाबाट व्यवस्था गरेका ४ गरि पाँच वटा “डिसइन्फेक्सन स्प्रे” प्रयोग गरिएको वडा अध्यक्ष रविन्द्र बहादुर प्रजुले जानकारी दिनुभयो ।

टोल टोलमा सडकको दायाँबाँया रहेका व्यापारीक सटर, गेट, ढोका तथा घरका गेट, ढोका वरपर किटनासक औषधी छरिएको हो । त्यस अवसरमा टोल टोलमा वडाले व्यवस्था गरेको मास्क तथा कोरोनाभाइरसको संक्रमणबाट जोगिन सन्देशपरक पर्चा वडा वितरण गरिएको थियो ।

वडावासिको मनोवल उच्च बनाउन, नआत्तिन र ढुक्कका साथ घरैमा बसेर सुरक्षित रहन वडा सदस्य रविन कायस्थले वडावासिलाई आग्रह गर्नुभयो । साथै उहाँले भिडभिाड नगरिकन बस्न र वडामा विदेशबाट आएका कोहि भएको खण्डमा वडालाई खबर गर्न अनुरोध गर्नुभयो ।

पोखरा महानगरपािलका वडा नं ३ मा आईतवार गरिएको किटनासक औषधी छर्किने अभियानमा वडा अध्यक्ष रविन्द्र बहादुर प्रजु, वडा सदस्य रविन कायस्थ, रेडियो अन्नपूर्णका समाचार संयोजक आरजू विष्ट सल्यानी, मीमकुमारी श्रेष्ठ, नदीपुर प्रहरी बीटका प्रमुख गौतम श्रेष्ठ लगायतको सहभागिता थियो ।

यसैबीच, वडा नं ३ का अध्यक्ष रविन्द्र बहादुर प्रजुले वडामा नयाँ मानिस कोहि आएको खबर पाए वा कोरोनाको आशंका भएमा आफ्नो मोवाईल नं ९८५६०२०१४८, वडा सदस्य रबीन कायस्थको ९८४६०२५९९८ र प्रहरी बीट नदीपुरमा गौतम श्रेष्ठलाई ९८४६१०११८० मा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

Facebook Comments