पोखरा वडा नं ३ मा राहत कुपन वितरण शुरु, विभिन्न व्यक्तिबाट सहयोग प्राप्त

अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र २४

लकडाउनको असरबाट दैनिक खानपानमा समस्यामा परेकाहरुको लागि पोखरा महानगरपालिकाले वडाहरुबाट प्राप्त नामावली अनुसारको कुपन वडा वडामा पठाएको छ ।

पोखरा महानगरपालिका वडा नं ३ मा आजबाटै महानगरबाट प्राप्त भएको राहत वितरणको कुपन घर घरमा गएर वितरण गर्ने काम शुरु गरेको अध्यक्ष रविन्द्र बहादुर प्रजुले जानकारी दिनुभयो ।

वडा नं का सदस्य रविन कायस्थले महानगरपालिकाबाट प्राप्त भएका ४७९ वटा कुपनलाई मंगलवार वितरण गरेर सक्ने बताउनु भयो । कुपन दुई थरिका रहेका छन् । नीलो कुपन ३ जनाको परिवारको लागि र रातो कुपन ६ जनाको परिवारको लागि वितरण गरिने भएको छ ।

यसैबचि वडा नं ३ मा विभिन्न क्षेत्रका व्यक्तिहरुबाट राहतको लागि रकम सहयोग प्राप्त भएको वडाध्यक्ष प्रजुले बताउनु भयो । तेजप्रसाद द्वाबाट १५ हजार, रामजि प्रसाद वानियाबाट प्रत्येक परिवारलाई पुग्नेगरि सोयाविन, रामप्रसाद श्रेष्ठ, छोरा शिव र सरोज श्रेष्ठबाट ३८ हजार ५०० बराबरको चामल, नून र आलु प्राप्त भएको छ ।

यस्तै कोपिल ढुंगाबाट नीता राना परियारले ४ हजार सहयोग गर्नुभएको छ भने पोखरा २ र ३ मा रहेका चर्चहरुबाट ७० हजार सहयोग प्राप्त भएको छ ।

Facebook Comments